काठमाडौ। बीमा समितिले थप नयाँ १४ कम्पनीलाई लाइसेन्स दिने भएको छ । लामो समयदेखि पाइपलाइनमा रहेका कम्पनीहरुलाई संचालनका लागि बीमा समितिले नयाँ लाइसेन्स दिन लागेको हो ।
नयाँ कम्पनीलाई संचालन लाइसेन्स दिने सम्बन्धमा यसअघिनै छलफल भएको र आइतबार यस विषयमा पूर्ण रुपमा टुङ्गो लाग्ने बताइएको छ । विगत ६र७ वर्षदेखि आजसम्म १४ वटा कम्पनीले नयाँ लाइसेन्सको माग गर्दै आवेदन दिएका छन् । जसमा जीबन बीमा र निर्जीबन बीमा दुवैतर्फका छन् । यदि १४ वटा नयाँ कम्पनीले लाइसेन्स पाएमा नेपालमा बीमा कम्पनीको संख्या बढेर ४० पुग्नेछ ।
प्रकाशित मितिः २०७४ बैशाख ३
वि.सं.२०७४ वैशाख ३ आइतवार ११:१७ मा प्रकाशित