back
NMB ad

अन्तर्राष्ट्रिय बौद्ध सम्मलेन जेठ ६, ७ र ८ गते काठमाडौँमा

Kumari bank ad

काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय ‘बौद्ध केन्द्र’को रुपमा विकास गर्ने उद्देश्यले आगामी जेठ ६, ७ र ८ गते काठमाडौँमा अन्तर्राष्ट्रिय बौद्ध सम्मलेन हुने भएको छ ।

सम्मेलनबारे जानकारी दिन प्रचारप्रसार उपसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले विश्व शान्तिका प्रवर्तक बुद्धको पवित्र जन्मस्थललाई संसारका सामु अझ बढी चिनाउन सम्मेलन गर्न लागिएको बताए । उनले भने “ती क्षेत्रमा अमूल्य सम्पदाका साथै विश्व शान्ति तथा निर्वाण प्रदान गर्ने बुद्धको शिक्षालाई बुद्धकै जन्मस्थलमा सरकारबाटै व्यापक प्रचार गरी सम्पूर्ण जगत्को कल्याण र सद्भाव बढाउने हेतुले यो अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना गर्न लागिएको हो ।’’

मन्त्रिपरिषद्को २०७२ माघ २० गतेको बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा ५०१ सदस्यीय समारोह समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा कार्यसमिति गठन गरी सम्मेलनको तयारी सुरु गरिसकेको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोध सिद्धार्थले सम्मेलनले लुम्बिनीलाई विश्वको आध्यात्मिक केन्द्रका रुपमा विकास गर्ने र नेपालमा धार्मिक एवम् सांस्कृतिक पर्यटनको विस्तार तथा प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘लुम्बिनी नेपाल–बुद्धको जन्मस्थल र बौद्धवादको उत्पत्तिस्थल हो’ भन्ने मूल नारालाई विश्वका सामु स्थापित गर्न सम्मेलनले सहयोग पुर्याउने बताइएको छ । सम्मेलनका लागि सरकारले संयुक्त राष्ट्र सङ्घका महासचिव, मित्रराष्ट्रका राष्ट्रका राष्ट्रप्रमुख, संस्कृति एवम् धार्मिक मामिलासम्बन्धी मन्त्री, उच्चपदस्थ प्रतिनिधिहरु र बौद्ध गुरुलाई आमन्त्रण गरेको छ ।

७ चैत २०७२

वि.सं.२०७२ चैत ७ आइतवार ०७:३६ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...