back
NMB ad

पर्यटनको योजना बनाउँदा निजी क्षेत्रलाई बेवास्ता !

Kumari bank ad

सृजना राणा, नेपालका महिला उद्यमीहरुको बीचमा परिचित नाम हो । होटल अन्नपूर्णकी संचालिका, जोन्टा इन्टरनेशनल क्लब काठमाण्डौंकी अध्यक्ष एवं होटल एशोसियन नेपाल (हान)की उपाध्यक्ष उनीसँग अर्थतन्त्रका लागि रामेश्वर कार्की र इरादा पहाडीले होटल व्यवसायका समस्या चुनौती र पर्यटन क्षेत्रको सुदृढीकरणका लागि आवश्यक कदमका बारेमा गरिएको कुराकानीको संपादित अंश :

यहाँको बाल्यकाल र अध्ययन ?

गुल्मीबाट हजुरबुवाले बसाइँ सरी काठमाण्डौं आएपछि यहिँ जन्मने र हुर्कने मौका पाइयो । बुवा स्वर्गीय किरणेन्दु मल्ल म सानैछँदा बित्नुभएपछि मलाई आमा स्वर्गीय केन्द्रराज्यलक्ष्मी मल्लले हुर्काउनुभयो । म यही काठमाण्डौंमा नै हुर्किएँ । मलाई एकल महिलाले हुर्काएको कारणले पनि होला मलाई सानैदेखि म कुनै केटामान्छे भन्दा कम छैन भन्ने लाग्थ्यो । मैले सेन्ट मेरिज हाइस्कुलमा अध्ययन गर्ने मौका पाएँ । त्यतिबेला म मात्र हैन, यहाँ जन्मे हुर्केका धेरै नेपालीले त्यो अवसर पाए र अहिले धेरै माथिल्लो तहमा उनीहरुले काम गरिरहेका छन् । त्यो एउटा भाग्यशाली समय नै मान्नुपर्छ ।

होटल क्षेत्रमा कसरी आउनुभयो ?

म एसएलसी पछि अध्ययनका लागि भारत गएँ । मलाई सुरु देखि नै अरु कुनै क्षेत्रभन्दा प्राविधिक क्षेत्रमा नै लाग्न मन थियो । त्यसमा पनि म एक्ट्रोभर्ट नेचरको मान्छे, मलाई सबैसँग बोल्न, घुलमिल हुन मन लाग्ने त्यसैले मैले अध्ययनका लागि नै यो क्षेत्र रोजें । आईटीसी वेलकम ग्रुपमा मैले ७ वर्ष काम गर्ने मौका पाएँ । मलाई के लाग्छ भने कुनै पनि क्षेत्रमा सिस्टम, स्ट्रक्चर, हाइरेकी अनि म्यानेजमेण्ट स्किलले अत्यन्त ठूलो भूमिका खेलेको हुन्छ । मलाई यो कुराले अत्यन्त प्रभाव पा¥यो । मेरो अध्ययन नै यही विषय थियो र जीवनमा विभिन्न क्षेत्रमा काम गरे पनि मैले अन्ततः यही क्षेत्रमा काम गर्ने मौका पाएँ, म यो क्षेत्रमा प्रवेश गरें । म यो क्षेत्रमा आउनुमा मेरो श्रीमान् कपिल शमशेर राणाको ठूलो हात छ । उहाँले ममा त्यो क्षमता देखेर नै मलाई यो क्षेत्रमा अगाडि बढ्न प्रोत्साहन गर्नुभयो ।

भनेपछि यहाँसँग होटल लाइनमा काम गरेको अनुभव छ ?

जो मान्छेले कामलाई घृणा गर्छ उसले आफ्नो पोजिसनलाई घृणा गरिरहेको हुन्छ । मलाई कुनै पनि काम सानो ठूलो भन्ने लाग्दैन । मैले पहिले नै यो सबै गरेर आइसकेको छु । त्यो ७ वर्षको अवधिमा मैले हरेक काम गरेको छु र मलाई त्यो काम गर्न अप्ठ्यारो पनि लाग्दैन । यदि तपाई कसैले खाएको कप उठाउन लाज मान्नुहुन्छ भने तपाई होटल व्यवसायी बन्न सक्नुहुन्न । कुनै पनि पदमा बसेर मात्र हुँदैन त्यसको गरिमालाई जान्नुपर्छ अनि बल्ल राम्रोसँग जिम्मेवारी उठाउन सकिन्छ । मैले यो जिम्मेवारी राम्रोसँग उठाउन सकिन भने मेरो मातहतमा काम गरिरहेका ५ सयभन्दा बढी कर्मचारीहरुको जिम्मेवारी कसले लिइदिने ? त्यसैले मैले यो क्षेत्रमा प्रशस्त काम गरेको छु, त्यसमा पनि प्रोफेसन चेनसँग काम गरेको अनुभव, इम्प्लोईलाई बढावा दिने तरिका, गेष्टहरुलाई आदर गर्ने तरिका जानेको भएर नै म यो क्षेत्रमा आएको हुँ ।

sirjana rana cover pic 1

यहाँ होटल व्यवसायी र हानको उपाध्यक्ष पनि हुनुहुन्छ, अहिलेको समयमा सबैभन्दा ठूलो समस्या के देख्नुभएकोछ ?

पहिलो कुरा त म सबैभन्दा पहिले नेपाली हुनुमा गर्व गर्छु, हामीलाई यो देशले, प्रकृतिले सबै कुरा दिएको छ त्यति हुँदा हुँदै पनि सबैभन्दा ठूलो समस्या हामी आफैमा छ । हामी सबै बाँच्नका लागि संघर्ष गरिरहेका छौं र यति भए भइहाल्छ भनेर बसिरहेका छौं । तर यस्तो हुनुहुँदैन, सरभाइभल पिरियड त केही समयको, छोटो अवधिको मात्र हुनुपर्छ । त्यस्तै मैले आर्थिक एजेण्डाहरुमा पनि कमी पाइरहेको छु । सबैभन्दा ठूलो कुरा त हामीले स्थिर सरकार पाइरहेका छैनौं । जसले गर्दा कुनै पनि योजनाले निरन्तरता पाउन सकेको छैन । देशको लागि बन्ने योजना कम्तिमा १०÷१५ वर्षको लागि बन्नुपर्ने, त्यसपछि सरकार परिवर्तनसँगै त्यो योजनाहरु हस्तान्तरण हुनुपर्ने हो र त्यो योजनालाई अर्को सरकारले निरन्तरता दिनुपर्ने तर यस्तो भइरहेको छैन । यसले गर्दा नै समस्याहरु उब्जिरहेका छन् ।

यो समस्या समाधानका लागि के गर्नुपर्ला जस्तो लाग्छ ?

अहिले पहिलेको जस्तो नीजि क्षेत्र र सरकारको बीचमा खाडल छैन । अहिले त्यो ग्याप केही कम छ तर पनि सरकारले जति पनि पर्यटनसँग सम्बन्धित योजनाहरु बनाउँछ त्यसमा निजी क्षेत्रलाई पनि उत्तिकै महत्वका साथ सहभागी गराउनुपर्छ । कुनै पनि योजना बनाउँदा सरकारले विशेषज्ञहरुको राय सुझाव लिएर त्यसबाट निचोड निकाल्नुपर्छ जहाँ निजी क्षेत्रको पनि उत्तिकै सहभागिता र आवाज समावेश होस् । योजना बनाउँदा त्यति प्राथमिकता राखेको देखिन्न ।

पर्यटनको क्षेत्रलाई सुदृढ बनाउन सरकारले के गर्नु पर्छ ?

तपाई हामी सबैलाई थाहा भएकै कुरा हो, पर्यटन भनेको हाम्रो देशकै अर्थतन्त्रको प्रमुख स्रोत हो । यसले कतिजनालाई रोजगारी दिएकोछ, कति जनाले यहीबाट आफ्नो घर परिवार पालिरहेका छन् र देशकै अर्थतन्त्रमा यसले कति महत्वपूर्ण टेवा पु¥याइरहेको छ भन्ने बुझ्न जरुरी छ । कुनै पनि पर्यटकलाई नेपाल आउनका लागि धेरै महंगो छ । किनभने हाम्रो राष्ट्रिय विमानले नै यो सेवा दिन सकिरहेको छैन । पर्यटकलाई विभिन्न देशमा ट्रान्टिज हुँदै यहाँ आउनुपर्छ । अर्को कुरा काठमाण्डौं आइसकेपछि पोखरा र चितवन यो मुख्य ठाउँ हो जहाँ पर्यटकहरु सजिलै जान सक्छन् । म सानो उदाहरण दिन्छु, म चितवन जाँदा मलाई ८ घण्टा लाग्यो, किन यस्तो भयो भन्दा हाम्रो बाटो नै राम्रो छैन । सबैभन्दा पहिले त भौतिक पूर्वाधारमा सरकारले जोड दिनुप¥यो, अरु केही नभए पनि बाटो त राम्रो बनाइदिनुपर्यो नि ! हो मलाई थाहा छ, कोसिस भएको छ तर हामीलाई कोसिस गर्न नै १०/१५ वर्ष लाग्छ भने अरु कसैले हाम्रो स्थान लिइदिनसक्छ, यो हामीले बिर्सन हुँदेन ।

अहिले विशेष गरी पर्यटनको क्षेत्रमा यहाँले देख्नुभएको चुनौतिहरु के के हुन् ?

पर्यटकको डाटा नै राम्रोसँग आउन सकेको छैन । कुनै समयको तथ्यांक उच्च छ भने कुनै समयको न्यून छ । अहिले सरकारले होटल खोल्नका लागि लाइसेन्सहरु वितरण गरिरहेको छ तर के ती सबै होटलहरु चल्ने गरेर पर्यटकहरु भित्रिन्छन् त ? यस विषयमा अध्ययन हुन जरुरी छ । यो भएको छैन । कुनै पनि क्षेत्रले आर्जन गर्ने अर्थतन्त्र र सरकारले बढाउने ट्याक्स बराबर हुनुपर्छ तर यो हुन सकिरहेको छैन । हाम्रो मुख्य निकायका रुपमा रहेको नेपाल टुरिजम बोर्ड धेरै समयसम्म निश्क्रिय रह्यो यसले पनि यो क्षेत्रलाई असर पु¥यायो । हामी जुनसुकै कुरामा पनि यति भए त चलिहाल्छ नि भन्ने सोच्छौं, यो नै हाम्रो मुख्य चुनौति हो ।

प्रधानमन्त्रीले केही समय अघि मात्र अर्बौ पर्यटक भित्र्याउने लक्ष्य उजागर गर्नुभएकोछ यसलाई यहाँले कसरी हेर्नुभएकोछ ?

कुनै पनि कुराको लक्ष्य हुनुपर्छ, महत्वाकांक्षा पनि राख्नुपर्छ । सोच भएन भने अघि बढ्न सकिन्न । तर म सयौं प्लान बनाउँछु तर त्यसलाई कार्यान्वयन गर्नमा पहल गर्दिन भने मेरो एउटा पनि योजना सफल हुन सक्दैन । त्यस्तै बोलिन्छ बोलिएको कुरालाई पूरा गर्न के गरिन्छ त्यो महत्वपूर्ण हुन्छ । योजना एवं लक्ष्य बन्यो तर कार्यान्वयन भएन भने त्यो सफल हुँदैन । अहिले हामी कार्यान्वयन चरणमा छौं । यसका लागि सरकारले सक्षम मान्छेहरुलाई जिम्मेवारी दिनुपर्छ । योजना १०/१५ वर्ष लामो बनाएर अगाडि बढ्नुुपर्छ । ती योजनामा संशोधन हुन्छन् स्वभाविक हो तर लक्ष्यबाट विचलित हुनुभएन । समय परिवर्तनसँगै लक्ष्य परिवर्तन हुनु भएन ।

हानले पर्यटन क्षेत्रलाई सुदृढ बनाउन के गरिरहेको छ र यसको योजना के छ ?

बेला बखतमा हानले सरकारसँग सहभागिता गरी वर्कसप गरिरहेको छ जसले पर्यटन क्षेत्रमा भएका समस्या र चुनौतिहरुलाई उजागर गर्छ र त्यसको निश्कर्ष निकालेर सरकारलाई दिने काम गरेकोछ । अब यही नोभेम्बरमा फेरि यो वर्कसप हुँदैछ । भर्खरै पनि एउटा सेफको प्रतिस्पर्धात्मक कार्यक्रम हानले गर्यो । जहाँ सेफहरुको उत्साहजनक सहभागिता रहेको थियो । अब यसको साथसाथै हानले के प्लान गरेको छ भन्दा अहिले हाम्रोमा स्टार होटलदेखि होमस्टे सम्म चलिरहेकोछ । यस्तोमा सानो होटल होस् या ठूलो होटल होस् उनीहरुले पर्यटकको सेवा गर्दा एक प्रकारको स्ट्याण्डर्ड र हाइजिन मेन्टेन गर्नुपर्छ भन्ने विषयमा हामीले तालिमहरु दिने सोच बनाएका छौं, यसमा काम भइरहेको छ । यसका साथै यो क्षेत्रमा धेरैभन्दा धेरै महिलालाई समेट्ने एवं युवाहरुलाई लक्षित गरेर कार्यक्रम ल्याउने योजना पनि रहेको छ ।

१३ कार्तिक २०७३ / ५ : ३७

वि.सं.२०७३ कात्तिक १३ शनिवार १७:४१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...