काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट बैंकले निष्कासन गरेको नयाँ सेयर अर्थात एफपिओ नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचिकृत गरेकोछ । बैंकले गत फागुनमा ९० करोड ६९ लाख रुपैयाँ बराबरको ९० लाख ६९ हजार ३ सय ८८ कित्ता एफपिओ निष्काशन गरेको थियो ।
बैकले निष्कासनको गरेको एपपिओमा साना लगानीकर्ताले ३२।४७ प्रतिशत तथा ठुला लगानीकर्ताले ८ दशमलव ५१ प्रतिशत सेयर पाएका थिए ।
बैंकले निष्कासन गरेको एफपिओ नेप्सेमा सूचिकृत भएपनि कारोबार गर्न भने अझै हप्ता दश दिन लाग्ने भएको छ । बैंकको सेयर सूचिकरण भएपश्चात सेयरधनीको डिम्याट खातामा शेयर आएपछि कारोबार गर्न सक्नेछन् । यसका लागि करिब दश दिन लाग्ने बताइएको छ ।
१३ असार २०७३, २।३०
वि.सं.२०७३ असार १३ सोमवार १५:५२ मा प्रकाशित