back
NMB ad

इन्भेष्टमेण्टको खुद नाफा १ अर्ब ८३ करोड !

Kumari bank ad

काठमाण्डौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले निक्षेप तथा कर्जा लगानीमा गरेको बृद्धिले नाफा बढाउन सघाएको हो । बैंकले कर्जा लगानी मात्रै करिब १६ रुपैयाँ बृद्धि गरेको छ । कर्जामा भएको बृद्धिले व्याज आम्दानी ५० करोड रुपैयाँ थपिएको छ । यसले खुद नाफा बढाएको हो ।

बैंकले चालु आर्थिक वर्षको चैतसम्म दुई अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ५० करोड रुपैयाँले धेरै हो । गत वर्ष यस्तो आम्दानी दुई अर्ब २० करोड रुपैयाँ थियो ।

त्यस्तै विदेशी विनिमय कारोबारबाट ३७ करोड रुपैयाँ कमाएको छ । यो आम्दानी पनि निकै धेरै हो । गत वर्ष बैंकले विदेशी विनिमयको कारोबारबाट ३२ करोड रुपैयाँ कमाएको थियो । राइटव्याक गरेर पनि बैंकले नाफामा ४२ करोड ८६ लाख रुपैयाँ थपेको छ । बैंकले यहि अवधिमा ४८ करोड रुपैयाँ संभावित नोक्सान व्यहोर्न प्रोभिजन गरेको छ ।

बैंकले फि, कमिशन र डिस्काउन्टबाट ४४ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यी शीर्षकमा ३७ करोड रुपैयाँ कमाएको थियो । चैत मसान्तसम्म यो बैंकमा निक्षेप एक खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ८४ अर्ब ३७ करोड पुर्याएको छ । बैंकको रिजर्भमा निकै ठूलो रकम जम्मा भएको छ । चैत मसान्तसम्म नौ अर्ब ८३ करोड रुपैयाँ यो बैंकको रिजर्भ कोषमा छ । यही वर्ष फरदर पब्लिक अफरिकमा केही सेयर बेचेपछि बैंकले आफ्नो रिजर्भ निकै बलियो बनाएको हो ।

२० बैशाख २०७३, ९.००

वि.सं.२०७३ वैशाख २० सोमवार ११:४७ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...