back
NMB ad

लगानीकर्तालाई यसरी हुँदैछ ब्याजमा राहत !

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र कम्युनिटी फर्वार्ड माइक्रो फाइनान्सलाई फागुन १३ भित्र सेयर बाँडफाँड गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थामा देखिएको लगानीयोग्य (तरलता) अभावलाई सम्बोधन गर्न भन्दै बोर्डले ती कम्पनीहरुलाई शेयर बाँडफाँडको अवधि छोट्याउन निर्देशन दिएको छ।

बोर्डले तरलता अभावको असर शेयरको दोस्रो बजारमा समेत देखिएको भन्दै छिटो बाँडफाँड गर्न निर्देशन दिएको हो। नेपाल लाइफ इन्स्योरेन्सले फर्दर पब्लिक अफरिङ (एफपिओ) र कम्युनिटी फर्वार्ड माइक्रो फाइनान्सले साधारण सेयर निष्काशन गरेकोमा ती दुई संस्थाको सेयर आवेदनसँगै ५५ अर्ब भन्दा बढी रकम थन्किएर बसेको छ ।

साविकमा दुई महिना भित्र बाँडफाँड गर्नु पर्ने नेपाल लाइफलाई बोर्डले निश्कासनको ४० दिन भित्र बाँडफाँड गरि सक्न बोर्डले निर्देशन दिएको छ। जस अनुसार कम्पनीले अब दुई साता भित्र बाँडफाँड गरि सक्नु पर्नेछ। निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटललाई छिटो बाँडफाँड सम्पन्न गर्न बोर्डले निर्देशन दिएको हो।

नेपाल लाइफले ३० लाख ९६ हजार कित्ता एफपिओ निश्कासन गर्दा ५२ अर्ब रुपैयाँ बराबरको आवेदन परेको थियो।

यस्तै साबिकमा ५० दिनको बाँडफाँड अवधि रहेको कम्युनिटी फर्वार्डलाई बोर्डले ३० दिनभित्र बाँडफाँड गरि सक्न निर्देशन दिएको छ। कम्पनीको निश्कासन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टले पनि अब दुई सातामा बाँडफाँड सम्पन्न गर्नु पर्नेछ।

यो ब्यवस्थाले करिब तीन लाख ७० हजार लगानीकर्ताको ५५ अर्ब रुपैयाँ भन्दा बढी फिर्ता हुने बोर्डले जनाएको छ। बोर्डको यो निर्देशनले बैंकबाट ऋण लिएर लगानी गर्ने लगानीकर्तालार्इ व्याजमा राहात मिल्ने भएको छ ।

प्रकाशित मितिः २०७३ माघ २९

वि.सं.२०७३ माघ २९ शनिवार १०:२४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...