back
NMB ad

राष्ट्र बैंकको नीतिका कारण सेयर बजार घटेको इन्भेष्टर्स फोरमको आरोप

Kumari bank ad

काठमाडौ । नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशीकामा पूँजी बजारमा बैंक तथा वित्तिय संस्थाहरुले लगानी गर्दा अपनाउने कठोर नीतिका कारण पूँजीबजार दिन प्रतिदिन घट्दै गएको इन्भेष्टर्स फोरमले आरोप लगाएको छ । राष्ट्र बैंकले गत साउन ९ गते जारी गरेको निर्देशिकाले असहज बनाएको भन्दै नेपाल इन्भेष्टर्स फोरमले मार्जिन कर्जाको सिमा बढाउन नेपाल राष्ट्र बैंक समक्ष माग गरेको छ । फोरम अध्यक्ष अम्बिका प्रसाद पौडेल नेतृत्वको टोलीले राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपाललाई मंगलबार भेट गर्दे उक्त माग गरेको हो ।

नेपाल राष्ट्र बैंकले गत साउन ९ गते जारी गरेको एकिकृत निर्देशीकामा पूँजी बजारमा बैंक तथा वित्तिय संस्थाहरुले लगानी गर्दा अपनाउने कठोर नीतिका कारण पूँजीबजार दिन प्रतिदिन घट्दै गएको इन्भेष्टर्स फोरमको भनाई छ ।

राष्ट्र बैंकले शेयर कर्जालाई लगानीको एउटा क्षेत्रको रुपमा नलिई अतिरिक्त तरलता ब्यबस्थापन गर्ने क्षेत्रको रुपमा मात्र लिनु र मार्जिन प्रकृतिको कर्जामा बैंक तथा बित्तिय क्षेत्रले सहि किसिमले नबुझिदिनु बर्तमानमा पूजीबजारमा गिरावट गराउने कारण रहेको फोरमको भनाई छ ।

विगतमा नेप्से १८८८ सम्म पुगेको र सो समयमा राष्ट्र बैंकबाट मार्जिन ल्याण्डिंगमा कडाई गरिएको कारणले पूँजी बजार निरन्तर घट्दै गएको र धेरै लगानीकर्ताहरुले यस क्षेत्रबाट ठुलो मात्रामा नोक्सानी ब्यहोरी पूँजी बजारबाट विस्थापित हुन परेको दुखेसो फोरमले गभर्नर नेपाल समक्ष गरेको छ ।

फोरमले पूँजी बजारमा गरिएको लगानीलाई उच्च जोखिममा राखी १५० प्रतिशत जोखिम भार राखेकोमा सो लाई तत्काल हटाएर शतप्रतिशत भन्दा कममा राख्न माग गरेको छ । त्यस्तै मार्जिन ल्याण्डिंग र शेयर कर्जालाई उच्च जोखिम क्षेत्रमा राखेर सरासर पूँजी बजारलाई निरुत्साहीत गर्न तथा यो क्षेत्रलाई लगानीमा प्राथमिकता नदिएको भन्दै यसलाई संशोधन गर्नुपर्ने बताएको छ ।

मार्जिन कर्जा र मार्जिन कलमा लचकता अपनाउदै धितोपत्रको न्यूनतम मुल्यांकनको ७० प्रतिशतसम्म कर्जा कायम गर्नुपर्ने माग फोरमको छ । राष्ट्र बैंकले धितोपत्र मुल्यांकनको ५० प्रतिशत रकम मार्जिन कर्जा उपलब्ध गराउन निर्देशन दिदै आएको छ ।

फोरमले एक प्रतिशत भन्दा बढि संस्थापक शेयर धारण गर्ने संस्थापक शेयरधनीहरुले ५० प्रतिशत मात्र ऋण लिन सक्ने, त्यस्तो कर्जा ऋण नविकरण नहुने प्राबधानलाई संसोधन गरि ऋण लिने प्रयोजनको लागि सर्बसाधारण समूह सरह समान ब्यबहार गर्न माग समेत माग गरेको छ ।

साथै फोरमले हकप्रद र बोनसलाई पनि मार्जिनमा गणना गर्नुपर्ने बताएको छ । अहिले सूचीकृत कम्पनीहरुले हकप्रद तथा बोनस सेयरको मूल्य समायोजन हुँदा पनि लगानीकर्ताहरुलाई मार्जिन कल आतंकित पारिएको उनीहरुको भनाई छ ।

फोरमले सुचिकृत कम्पनीहरुले प्रदान गर्ने बोनश तथा हकप्रद शेयर रोक्का नै रहेको अबस्थामा मूल्यांकनको आधार बुक क्लोज हुने दिन कायम रहेको मूल्यलाई मानी सोही अनुसार मात्र मार्जिन कल गर्नुपर्ने ब्यबस्था कायम गरि दिन माग गरेको छ ।

त्यस्तै बैकलाई ब्रोकर लाइसन्स दिने सम्बन्धमा पनि त्यस बैंकबाट ठोस निर्देशन नभएको र मातहतका बैंक तथा वित्तिय संस्थाहरु अन्यौलमा परेको भन्दै बैकहरुलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने नीति छिटो भन्दा छिटो अगाडी बढाउन गभर्नर डा.नेपाल समक्ष माग समेत गरेका छन् ।

२०७४ पुष १८ गते प्रकाशित

वि.सं.२०७४ पुस १८ मंगलवार १७:४७ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...