Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, श्रावण १० , २०७४  |  
Tuesday, July 25, 2017

बजारमा आइपुग्यो आइफोन–सेभेन, मूल्य ९१ हजारदेखि १ लाख ३५ हजासम्म !

November 14, 2016

iphone 7

काठमाण्डौं । नेपालमा बहुप्रतिक्षित एप्पल आइफोन– सेभेनको बिक्री सुरु भएको छ । एप्पलको नेपालको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालिले आइफोन–सेभेनको नेपालमा बिक्री सुरु गरेको हो ।

कम्पनीले हिजो आइतबारदेखि आइफोन–सेभेनको बुकिङ खुला गरिसकेको र आउँदो शुक्रबार काठमाडौंको बजारमा सार्वजनिक गर्ने जानकारी दिएको छ । कम्पनीले आइफोन–सेभेनको मूल्य न्यूनतम ९१ हजारदेखि १ लाख ३६ हजार रुपैयाँसम्म तोकेको छ । कम्पनीले ३२ जीबीको आइफोन–सेभेनको मूल्य ९१ हजार रुपैयाँ तोकेको छ।

१२८ जीबी आइफोनको मूल्य १ लाख ५ हजार ५ सय, २५६ जीबीको आइफोन–सेभेनको मूल्य १ लाख १९ हजार ५ सय रुपैयाँ मूल्य तोकेको छ । कम्पनीले १ सय २८ जीबीको आइफोन–सेभेन प्लसको मूल्य १ लाख २२ हजार ५ सय रुपैयाँ तोकेको छ । २ सय ५६ जीबीको आइफोन–सेभेनको मूल्य १ लाख ३६ हजार रुपैयाँ तोकेको छ ।

आइफोन–सेभेन ब्ल्याक, सिल्भर र गोल्ड रंगमा छन् । कम्पनीका अनुसार भ्याट बिलसहित एक वर्षको वारेन्टी दिइनेछ । आइफोन–सेभेन इभो स्टोर, फ्युचर वर्ल्ड, सोनु मोबाइल र एपेक्स डिजिटलमा पाइने कम्पनीले जनाएको छ।

२९ कार्तिक २०७३, ११।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु