back
NMB ad

आजै गर्नुहोस् माईक्रोफाइनान्सको १ करोड ६५ लाखको आइपीओमा आवेदन

Kumari bank ad

काठमाडौ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले जारी गरेको १ लाख ६५ हजार कित्ता आईपिओको म्याद सकिन लागेको छ । संस्थाले पुस २१ गते शुक्रबारदेखि खुला गरेको साधारण सेयरमा आवेदन गर्ने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले एक करोड ६५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको एक लाख ६५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

कम्पनीले निष्काशन गरेको कुल आईपीओको चार प्रतिशत अर्थात ६ हजार ६०० कित्ता संस्थाका कर्मचारीलाई छुट्याइएको छ । पाँच प्रतिशत अर्थात आठ हजार २५० कित्ता ११ वटा सामूहिक लगानी कोषलागि बाँडफाँड गरिएको छ भने बाँकी एक लाख ५० हजार १५० कित्ता सेयर सर्वसाधारणमा विक्री हुनेछ हो । कम्पनीको आईपीओ धितोपत्र बोडबाट मंसिर २९ गते शुक्रबार स्वीकृत भएको थियो ।

यसअभन्दा अगाडिका आईपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन गर्नुपर्ने व्यवस्था भएपनि यसमा भने लगानीकर्ताले १० कित्तादेखि अधिकतम ८२० कित्ता सेयरसम्म आवेदन गर्न पाउने व्यवस्था छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले आईपीओमा ७५ जिल्लाबाटै आस्वा सदस्यमा सहभागि भएका सबै बैंक तथा वित्तीय संस्थाबाट आज दिउँसो ३ बजेभित्र आस्वा तथा अनलाईन आस्वा प्रणाली मार्फत आवेदन गर्न सक्नेछन् ।

पछिल्लो समय आईपीओ आवेदकको संख्या नै दुई लाख भन्दा बढी हुन थालेकाले आईपीओ प्राप्त गर्नेको संख्या ज्यादै न्यून पाँच प्रतिशत भन्दा कम आवेदकले मात्र सेयर पाउने अवस्था आएको छ ।

३ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी भएको माइक्रोफाइनान्सको आइपीओ पश्चात चुक्ता पूँजी ५ करोड ५० लाख पुग्नेछ ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नति माइक्रोफाइनान्स १० जिल्ला कार्यक्षेत्र रहेको लघुवित्त हो । कम्पनीले लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वत लगायत १० जिल्लामा वित्तीय सेवा दिँदै आएको छ ।

कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा ४५ लाख १० हजार रुपैयाँ खुद नाफा नाफा कमाएको छ । उसको जगेडा कोषमा एक करोड ९३ लाख रुपैयाँ सञ्चित रहेको देखिन्छ ।

यसअवधिमा कम्पनीले १९ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरको छ भने ६७ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

२०७४ पुष २५ गते प्रकाशित

वि.सं.२०७४ पुस २५ मंगलवार १०:३१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...