काठमाडौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि ७८ करोड रुपैयाँ बराबरको ७८ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । आइपीओ निष्काशनका लागि कम्पनीले लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।
बुधबार एक कार्यक्रमकाबीच आइपीओ निष्काशन सम्बन्धि सम्झौतामा लक्ष्मी क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र हिमाल दोलखाको तर्फबाट फाईनान्स म्यानेजर अनन्त कार्कीले हस्ताक्षर गरे ।
हिमाल दोलखा हाइड्रोले ईलामको गोदक गाबिसमा ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ईलाममा ८ मेगावाट क्षमताको माई साना क्यास्केड जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
प्रकाशित मितिः २०७४ कार्तिक १६
वि.सं.२०७४ कात्तिक १६ बिहीवार ०८:३४ मा प्रकाशित