काठमाडौ।माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले विहिबारदेखि निष्काशन गरेको साधारण सेयर भर्ने आज अन्तिम दिन हो । संस्थाले एक करोड २० लाख रुपैयाँ बराबरको एक लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो।
सेयरको बिक्री प्रवन्धकको काम एनसिएम मर्चेन्ट बैकिङले गरेको छ । सप्तरीको बधुवामा केन्द्रीय कार्यालय रहेको संस्थाले १० जिल्लामा सेवा विस्तार गरेको छ।
हाल सप्तरी, सिराहा, उदयपुर, भोजपुरदेखि रामेछाप र पूर्वमा सुनसरीसम्म सेवा विस्तार गरेको छ ।संस्थाको चुक्ता पूँजी दुई करोड १५ लाख रुपैयाँ छ ।
साधारण सेयरमा ईच्छुक लगानीकर्ताले आश्वा अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत आवेदन गर्न सक्नेछन् । साथै एनसिएम मर्चेण्ट बैङ्किङ लिमिटेड र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शाखा कार्यालयहरु र सनराइज बैंकका विभिन्न १८ वटा शाखा मार्फत आवेदन गर्न पाइने कम्पनीले जनाएको छ ।
प्रकाशित मितिः २०७४ बैशाख ११
वि.सं.२०७४ वैशाख ११ सोमवार १२:४९ मा प्रकाशित