back
NMB ad

हाईड्रोको आईपीओ नभरी नछोड्नुहोस्,३ करोड ६८ लाखको आईपीओमा धमाधम आवेदन !

Kumari bank ad

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले तीन करोड ६८ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) को बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा (रसुवा) का लागि एक सय रुपैयाँ अंकित मूल्यमा तीन लाख ६८ हजार १४३ कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गरेको हो ।

मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गरेको सेयरमध्ये एक लाख ८४ हजार ७२ कित्ता आयोजनाबाट अति प्रभावित हुने क्षेत्र तीन गाविस हाकु, डाँडागाउँ र राम्चे गाविसका लागि बासीन्दाका लागि र बाँकी रसुवा जिल्लाका अन्य गाविसका वासिन्दाहरुको लागि निष्काशन गरेको हो ।

रसुवाबासीले कम्पनीको आईपीओमा न्युनतम ५० कित्तादेखि अधिकतम एक हजार आठ सय ४० कित्तासम्मको लागि आवेदन गर्न सक्नेछन् । जेठ १७ गतेदेखि खुल्ला भएको आइपीओमा ३१ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओमा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका साथै जनता बैंक लिमिटेड धुन्चे, प्रभु बैंक स्याप्रुबेसी, आईसीएफसी फाईनान्स कालिकास्थान, हिमालयन बैंक बेत्रावति, र मैलुङ खोला जलविद्युत कम्पनी डाँडागाउँबाट समेत आवेदन फारम पाउन र बुझाउन सकिनेछ ।

स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर बाँडफाँड गरेपछि कम्पनीले २० प्रतिशत सर्वसाधारणका सेयर जारी गर्ने बताएको छ ।

कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनीमा ७० प्रतिशत सेयर संस्थापक समुहको, स्थानीय बासीन्दाका लागि १० प्रतिशत र सर्वसाधारणका लागि २० प्रतिशत सेयर स्वामित्व रहनेछ । जसमध्ये २५ करोड ७७ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भईसकेको छ । ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको यो आयोजना रसुवा जिल्लाको डाँडागाउँमा रहेको छ ।

प्रकाशित मितिः २०७४ जेठ १९

वि.सं.२०७४ जेठ १९ शुक्रवार १३:१७ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:२४

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:१६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आजदेखि झुलाघाट नाका बन्द   

आजदेखि झुलाघाट नाका बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४६

बैतडी, ४ वैशाखः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि...

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४०

काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि...

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:१५

तनहुँ, ४ वैशाखः सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ...