back
NMB ad

५३ गुणा बढी आवेदन परेको उन्नतिको आईपीओ ६ प्रतिशतले मात्र पाउने, क–कस्ले पाउछन त?

Kumari bank ad

काठमाडौ । उन्नति माइक्रोफाइनान्सको साधारण सेयर अधिकतम आवेदकले नपाउने भएका छन् । सिद्धार्थ क्यापिटल मार्फत कारोबार गरिएको लघुवित्तको साधारण सेयर पुस २१ गतेदेखि २५ गतेसम्म खुला भएको थियो ।

जसमा दुई लाख ४८ हजार आवेदकले ७९ करोड ७५ लाख रुपैयाँ बराबरको आवेदन गरेको प्रारम्भिक तथ्याङ्क क्यापिटलबाट प्राप्त भएको छ । आवेदक संख्या अत्याधिक बढेपछि ६ प्रतिशत आवेदकले मात्र सेयर पाउने प्रारम्भिक तथ्याङ्कमा देखिएको हो ।

लघुवित्तको आईपीओ १५ हजार १५ जनाले पनि गोलाप्रथाबाट १० कित्ता सेयर पाउनेछन् । बाँकी दुई लाख ३३ हजार जना आवेदकको हात भने खाली हुनेछ । यसलाई प्रतिशतमा हेर्दा जम्मा ६ प्रतिशतले मात्र सेयर प्राप्त गर्नेछन् । रकमका आधारमा परेको यो आवेदन माग भन्दा ५३.११ गुणा बढी हो ।

गत आर्थिक वर्षमा एक करोड ६९ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको उन्नतिले चालू आवको प्रथम त्रैमासमा ४५ लाख १० हजार खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी बार्षिक ४४ रुपैयाँ २ पैसा रहेको छ ।

उन्नतिले एक लाख ६५ हजार कित्ता आइपीओ निष्काशन गरेको सेयरमध्ये चार प्रतिशत (६ हजार ६०० कित्ता) सेयर कर्मचारी र पाँच प्रतिशत (८ हजार २५० कित्ता) सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी एक लाख लाख ५० हजार १५० कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको माइक्रोफाइनान्सले लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वत लगायत १० जिल्लाका २७ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दे आएको छ ।

२०७४ पुष २६ गते प्रकाशित

वि.सं.२०७४ पुस २६ बुधवार १९:५४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...