back
NMB ad

नाम परिवर्तन संगै अरुणले ५४ करोडको हकप्रद जारी गर्ने, कती पुग्छ पुँजी ?

Kumari bank ad

काठमाडौ । अरुण फाइनान्स कम्पनीले नाम परिवर्तन गर्ने भएको छ । अरुण फाईनान्स लाई परिवर्तन गरेर हाथवे फाइनान्स कम्पनीमा रुपान्तरण हुने लागेको छ । कम्पनीको विहीबार सम्पन्न २१ औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

अरुण फाइनान्सलाई हाथवे इन्भेष्टमेन्टले खरिद गरेको थियो। हाथवेले खरिद गरेको अरुण फाइनान्सको नाम तथा लोगो परिवर्तन गरेर हाथवे फाइनान्स बनाउन लागिएको हो ।

साथै कम्पनीले चुक्ता पूँजी बढाउन ५४ करोड रुपैया बराबरको १८० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । धरानमा सम्पन्न साधारणसभाले हाल कायम चुक्ता पूँजी ३० करोड रुपैयाँको १८० प्रतिशत हकप्रद जारी गरेर राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ । १८० प्रतिशत हकप्रद सेयर जारी गरेर पूँजीकरण गरेपछि संस्थाको चुक्ता पुँजी ८४ करोड पुग्नेछ ।

साथै कम्पनीले मर्जर तथा एक्वीजिशन गर्न आवश्यक सम्पुर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान समेत गरेको छ । त्यस्तै सभाले संस्थाको सेयर स्वामित्व संस्थापकतर्फ ६० र सर्वसाधारणतर्फ ४० प्रतिशत रहेकोमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक सेयर ५१ र सर्वसाधारण सेयर ४९ प्रतिशत कायम गर्ने भएकोे छ ।

समस्याग्रस्त संस्थाको चुक्ता पूँजी पुर्याउने सिमा राष्ट्र बैंकले ०७६ मंसिरसम्म तोकको छ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार राष्ट्रिय स्तरको फाइनान्स कम्पनीले ८० करोड रुपैयाँ न्युनतम चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ ।

साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट अम्बिका प्रसाद पौडेल, लिलानाथ अधिकारी र प्रकाश तिवारीलाई संचालकमा निर्वाचित गरेको छ।

२०७४ पुष २७ गते प्रकाशित

वि.सं.२०७४ पुस २७ बिहीवार १६:४५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...