back
NMB ad

६६ करोडको आइपीओ जारी गर्दै इन्स्योरेन्स, कहिले दिने आवेदन ?

Kumari bank ad

काठमाडौ । ६६ करोड बराबरको साधारण शेयर जारी गर्ने प्रस्ताव सहित ज्योति लाइफ इन्स्योरेन्सले आगामी माघ १० गते पहिलो बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको पोखरामा हुने साधारण सभाको विशेष प्रस्तावमा आइपिओ निष्कासन गर्ने रहेको छ ।

गत बैशाख १४ गते कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएको ज्योति लाईफले असार २० गते समितिबाट सञ्चालन इजाजतपत्र पाएको थियो । त्यस्तै भदौ १९ गते कारोबारको अन्तिम स्वीकृति लिएको कम्पनी असोज ८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको थियो ।

संस्थापकबाट ७० प्रतिशत हुने रकम १ अर्ब ५४ करोड रुपैयाँ पूँजी कायम गरेको कम्पनीको आइपीओ निष्कासन पश्चात बीमा समितिले तोके बमोजिम दुई अर्ब चुक्ता पूँजी पुग्नेछ ।

४२ जना संथापक रहेको उक्त कम्पनीको अधिकृत पूँजी ३ अर्ब रहेको छ । त्यस्तै जारी पूँजी २ अर्ब २० करोड रहेको छ ।

ज्योती लाइफको अध्यक्षमा नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका रहेका छन् । इन्स्योरेन्सको १० वटा शाखा सञ्चालनमा रहेका छन् । एनआईसी एसिया बैंक समेत प्रवद्र्धक रहेको कम्पनीको रजिस्टर्ड कार्यालय पोखरा, कास्की र प्रधान कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर, काठमाडौंमा रहेको छ ।

२०७४ पुष १९ गते प्रकाशित

वि.सं.२०७४ पुस १९ बुधवार १२:२० मा प्रकाशित

You can share this post!

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...