back
NMB ad

माघमा मात्रै ४ अर्बको आईपिओ बजारमा, हेर्नुहोस् कुन कम्पनीको कती ?

Kumari bank ad

काठमाडौ । सेयर बजारमा माघ महिनामा मात्रै करिब ४ अर्ब रुपैया भन्दा बढीको विभिन्न कम्पनीको साधारण सेयर निष्काशन हुने भएको छ । बैङ्क, वित्तिय संस्था, ईन्स्योरेन्स तथा हाईड्रो पावरको समेत गरी माघ मअिनामा मात्रै लगानीकर्ताले ४ अर्ब भन्दा धैरैको आईपिओ खरिद गर्न पाउने छन् ।

कुन कम्पनीको कती आईपिओ बजारमा ?

(१) युनिभर्सल पावर कम्पनी लिमिटेडले ९६ करोड ६१ लाख रुपैयाँ बराबरको ९६ लाख ६१ हजार कित्ता सेयर जारी गर्न माघ ११ गते विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले अमृतभोग पार्टी प्यालेस डिल्लीबजारमा दिउँसो ३ बजे विशेष साधारण सभा डाकेको हो ।

(२) सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड रुपैया बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तको शेयरमा माघ ९ गतेदेखि १२ गतेसम्म आवेदन गर्न सकिने छ । न्युन आवेदन परेमा फागुन ८ गतेसम्म भर्ने मिति खुल्ला रहने छ । लघुवित्तले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट वैकिङ हात्तिसार काठमाडौं लाई तोकेको छ । कम्पनीको सेयरमा लगानीकर्ताहरुले न्युनतम ५० कित्ता र अधिकतम १ हजार ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

(३) आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड बराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीको पहिलो बार्षिक साधारण सभाले सर्वसाधरण लगानीकर्तालाई ३० प्रतिशतले हुन आउने ६० करोडको आइपीओ जारी गर्ने भएको हो । कम्पनीमा आईएमई समूह र सोसँग आबद्ध व्यक्ति तथा संस्थाको ४० प्रतिशतभन्दा बढी स्वामित्व रहेको छ । २ अर्ब चुक्तापूँजी रहेको कम्पनीले संस्थापक समूहको ७० र सर्वसाधारण समूहको ३० प्रतिशत लगानी संरचना बनाउने गरी आइपीओ जारी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

(४) इलामका स्थानिय बासिन्दालाई लक्षित गरी पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले साधारण सेयर जारी गर्ने भएको छ । माघ ५ गतेदेखि कम्पनीले एक सय रुपैयाँ दरको ११ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी पुँजीको १० प्रतिशत रकमको आइपीओ बिक्री गर्न लागेको हो । हाइड्रोले पहिलो चरणमा स्थानीयलाई सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि दोस्रो चरणमा कम्पनीले फेरी १० प्रतिशत बराबरको सेयर साधारणमा जारी गर्नेछ । अहिले जारी गर्न लागेको ११ लाख कित्ता सेयरमध्ये इलाम जिल्लाको सन्दकपुर गाउँपालिका बासीलाई ६० प्रतिशत अर्थात ६ लाख ६० हजार कित्ता र इलाम नगरपालिकाका स्थानियलाई ४० प्रतिशत अर्थात ४ लाख ४० हजार कित्ता सेयर रहेको छ ।

(५) स्पर्स लघुवित्त वित्तीय संस्थाले २ करोड ४० लाखको आईपिओ जारी गर्ने भएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको संस्थाले २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ । हाल संस्थाको चुक्ता पुँजी ५ करोड ६० लाख रहेको छ । सर्वसाधारणलाई शेयर जारी गरे पश्चात संस्थाको चुक्तापूाजी ८ करोड पुग्नेछ । नेपाल राष्ट्र बैंकबाट ५२ औं लघुवित्त संस्थाको रुपमा अनुमति पाएको स्पर्स लघुवित्तले १० जिल्लामा लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको छ

(६) कालिका पावर कम्पनीले ६ करोड मुल्यको ६ लाख कित्ता आईपिओ बिक्रि गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित गोरखा जिल्लाका स्थानीय बासिन्दालाई लागि साधारण सेयर (आइपीओ) बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरको ६ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो ।

(७) युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड पचास लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने भएको छ । युनियन लाइफले ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिग लिमीटेडलाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

युनियन लाईफको पहिलो बार्षिक साधारणसभाले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने प्रस्ताव पारित गरको हो । युनियन लाइफले एक सय रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर जारी गर्ने भएको छ ।

(८) अबको दुई वर्षभित्र निर्माण सम्पन्न गरेर वाार्षिक रुपमा ६४ करोड ४० लाख युनिट विद्युत्त उत्पादन हुने चिलिमेको सहायक कम्पनी रसुवागढी हाईड्रोपावर कम्पनीले धितोपत्र बोर्डबाट एक करोड ६४ लाख २१ हजार ४० कित्ता प्राथामिक सेयर (आईपीओ) जारी गर्न अनुमति पाएको छ । कम्पनीले अधिकृत पूँजीको ७५ प्रतिशत रकम बराबरको पाँच करोड १३ लाख १५ हजार ७५० कित्ता सेयर धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । जसमध्ये ५१ प्रतिशत बराबरको तीन करोड ४८ लाख ९४ हजार ७१० कित्ता सेयर संस्थापक रहेको छ ।

(९) आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । संस्थाले २ करोड ९४ लाख रुपैयाँको २ लाख ९४ हजार कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो। आरम्भको केन्द्रीय कार्यालय सिन्धुपाल्चोक जिल्लामा रहेको छ। । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त संस्थाले विगत २ वर्षदेखि नेपालका १५ पहाडी जिल्लामा वित्तीय सेवा प्रदान गर्दे आइरहेको छ ।

२०७४ पुष २८ गते प्रकाशित

वि.सं.२०७४ पुस २८ शुक्रवार १०:५७ मा प्रकाशित

You can share this post!

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:४३

काठमाडौं । एसईई परीक्षा २०८० मा सहभागी हुनुभएका विद्यार्थीहरुलाई लक्षित...

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३६

काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले...

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३०

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा...

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:२४

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:१६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...