back
NMB ad

थाहा पाइराख्नुहोस्, दर्जन कम्पनीले ल्याउँदैछन् प्राथमिक सेयर !

Kumari bank ad

काठमाण्डौं । निकट भविष्यमै दर्जन कम्पनीको प्राथमिक सेयर बजारमा आउन लागेको छ । ती कम्पनीहरूले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोनं) मा अनुमति दिएका छन् । बोर्डबाट अनुमति पाएपछि ती कम्पनीहरूको सेयर बजारमा आउनेछ ।

विद्यमान कानुनी व्यवस्थाअनुुसार बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्छ । सेयर निष्कासनका लागि आवेदन दिने कम्पनीहरूमा ७ वटा जलविद्युत्, ३ वटा लघुवित्तीय संस्था र एकरएक वाणिज्य बैंक र बिमा कम्पनी छन् ।

ती कम्पनीहरूले स्थानीयवासी र सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५ सय ५७ कित्ता सेयर निष्कासन गर्न लागेका छन् । तीमध्ये १० वटा कम्पनीले निष्कासन गर्न लागेको सेयरको अंकित मूल्य बराबरको रकम ६५ करोड ६८ लाख रुपैयाँ हुन आउँछ ।

नेपाल लाइफ इन्स्योरेन्स र नेपाल एसबीआई बैंकले प्रिमियम मूल्य (अंकित मूल्यमा थप गरी) मा फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गर्दै छन् । हालसम्म ती कम्पनीको प्रिमियम मूल्य तय भइनसकेकाले कुल रकममा समावेश नगरिएको धितोपत्र बोर्डले जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि ३० लाख ४६ हजार ४ सय २९ कित्ता सेयर निष्कासन गर्दै छ । यो कम्पनीले प्रिमियममा उक्त सेयर निष्कासन गर्न लागेको हो । सुरुमा कम्पनीले तय गरेको प्रिमियम मूल्य बोर्डले नमानेपछि पुनः त्यसको मूल्य तय हुँदै छ । यस्तै, नेपाल एसबीआई बैंकको सेयर निष्कासनको अवस्था पनि त्यस्तै छ ।

सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएका ७ वटा जलविद्युत् कम्पनीमध्ये ६ वटाले स्थानीयवासीका लागि प्राथमिक सेयर निष्कासन गर्न लागेका हुन् । जलविद्युत् कम्पनीहरूले आयोजना प्रभावित स्थानीयवासीलाई न्यूनतम १० प्रतिशत सेयर वितरण गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार स्थानीयवासीहरूका लागि सेयर निष्कासन गर्न लागेका हुन् ।

यसरी सेयर निष्कासनको तयारीमा रहेका कम्पनीहरूमा हिमालयन पावर पार्टनर, आँबुखोला जलविद्युत् कम्पनी, च्याङी हाइड्रोपावर, मलुङखोला जलविद्युत्, गर्जङ उपत्यका हाइड्रोपावर, रिडी विद्युत् कम्पनी र सिनर्जी पावर डेभलपमेन्ट कम्पनी छन् ।

तीमध्ये सिनर्जीले सर्वसाधारणका लागि र बाँकी जलविद्युत् कम्पनीले स्थानीयवासीका लागि सेयर निष्कासन गर्न लागेका हुन् । सिनर्जी पावरले प्रतिसेयर एक सय रुपैयाँका दरले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । निष्कासन अनुमतिका लागि यो कम्पनीले यही कात्तिक ७ गते बोर्डमा आवेदन दिएको छ ।

समता माइक्रोफाइनान्स वित्तीय संस्था, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि सेयर निष्कासन गर्दै छन् । समताले प्रतिकित्ता सय रुपैयाँका दरले ९४ हजार ८ सय कित्ता, फरवार्ड कम्युनिटीले ६ लाख कित्ता र माहुलीले १ लाख २० हजार कित्ता सेयर निष्कासनको प्रक्रियाका लागि अनुमति मागेका छन् ।

गत आर्थिक वर्षमा लघुवित्त संस्थाको सेयरमा लगानीकर्ताको आकर्षण निकै बढेको थियो । तर, चालु आर्थिक वर्षको सुरुवातसँगै लगानीकर्ताको आकर्षण पनि घटेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले लघुवित्त संस्थालाई ७ प्रतिशत स्प्रेड (कर्जा निक्षेपबीचको ब्याज अन्तरं) तोकेको छ । यो निर्देशनपछि लघुवित्त संस्थाहरूले विगतमा जस्तै मनोमानी दरमा कर्जा प्रवाह गर्न पाउने छैनन् । यसले प्रत्यक्ष असर मुनाफामा पर्छ । मुनाफा कम भएपछि ती कम्पनीबाट पाइने सम्भावित लाभांश पनि कम हुने भएकाले लगानीकर्ताको आकर्षण पनि घटेको हो ।

यस्तै, नेपाल हाइड्रो डेभलपर कम्पनीले सेयर निष्कासनका लागि बोर्डबाट अनुमति पाइसकेको छ । यही कात्तिक २ गते बोर्डबाट अनुमति पाएको यो कम्पनीले स्थानीयवासीका लागि सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिशसेयर अंकित मूल्य एक सय रुपैयाँका दरले २६ करोड रुपैयाँको सेयर निष्कासन गर्न लागेको हो । आगामी दुई महिनाभित्र यो कम्पनीको सेयर बजारमा आउनेछ ।

यस्तै, सूचीकृत १४ कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । ती कम्पनीहरूले ४ अर्ब ५१ करोड ९२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । राष्ट्र बैंकको पुँजी वृद्धिको निर्देशन पछि अधिकांश बैंक तथा वित्तीय संस्थाले धमाधम हकप्रद र बोनस सेयर निष्कासन गर्न लागेका छन् ।

२१ कार्तिक २०७३, कान्तिपुर दैनिक, १०।३०

वि.सं.२०७३ कात्तिक २१ आइतवार १२:३१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...