back
NMB ad

गर्ने होईन त लगानी ? जलविद्युत्को आईपिओ, हकप्रद र बोनस आउदै

Kumari bank ad

काठमाडौँ । विभिन्न जलविद्युत् कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गर्दै शेयरधनीलाई आर्कषक बोनस शेयर घोषणा गरेका छन् । कम्पनीहरुले आईपिओ, हकप्रद र बोनस दिने प्रताव साधारणसभाबाट पारित गराएका छन् ।

अपि पावर कम्पनी र लिवर्टी इनर्जीले साधारणसभा सम्पन्न गरेका हुन् । अपि पावर कम्पनीले आव २०७३÷७४ को खुद मुनाफाबाट आठ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको आज यहाँ सम्पन्न १४ औँ वार्षिक साधारणसभाले आठ प्रतिशत बोनस शेयरबाट कायम रहने शेयर संख्या ११ करोड ३४ लाख कित्ता हुनेछ ।

त्यसमा विद्यमान एक शेयर बराबर दुई शेयरका दरले हकप्रद शेयर निस्काशन गर्ने प्रस्ताव पारित गरेको छ । हकप्रद शेयरबाट रु दुई अर्ब २६ करोड ८० लाख प्राप्त हुनेछ । सो रकममध्ये रु एक अर्ब सिद्धकाली पावर लिमिटेडले निर्माण गर्ने त्रिशूली–गल्छी जलविद्युत् आयोजनामा लगानी गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ ।

यस्तै बाँकी रहने रु एक अर्ब २६ करोड ८० लाख अपि पावरले निर्माण गर्ने १८ मेगावाट क्षमताका विभिन्न सौर्य ऊर्जा प्रणालीमा लगानी गर्ने तयारी गरिएको छ । यस्तै अपि पावरले माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणको प्रक्रियासमेत सुरु गरेको छ । दार्चुलामा आयोजनास्थल रहेको माथिल्लो चमेलिया ४० मेगावाट क्षमताको रहेको छ । सो आयोजनाको लागत रु सात अर्ब २० करोड रहेको छ ।

यस्तै लिवर्टी इनर्जी कम्पनीको पनि साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आम सर्वसाधरणमा शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले तीन वटा जलविद्युत् आयोजना निर्माण अगाडि बढाएको छ । लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दोर्दी ए जलविद्युत् आयोजना आगामी असोजमा सम्पन्न गर्ने तयारी गरिएको छ । आयोजनाको शुक्रबार मात्रै मुख्य सुरुङ निर्माण सम्पन्न भएको छ ।

कम्पनीले प्रर्वद्धन गरेको बागलुङमा आयोजनास्थल रहेको बडीगाड खोलामा २१ मेगावाट जलविद्युत् आयोजना निर्माण शुरु गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।

यस्तै सानिमा माई हाइड्रोपावर लिमिटेडको पनि शुक्रबार साधारणसभा सम्पन्न भएको छ । कम्पनीले ११५ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजना निर्माण गर्ने घोषणा गरेको छ । त्यसका लागि रु एक अर्ब ८ करोड रकम लगानी गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले ७३ मेगावाटको मध्य तमोर जलविद्युत् आयोजनामा रु ४८ करोड, २८ मेगावाट क्षमताको तल्लो लिखुमा रु ४५ करोड र १४ मेगावाट क्षमताको मैलुङखोला जलविद्युत् आयोजनामा रु १५ करोड लगानी गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जानएको छ ।

मध्यतमोर र लोअर लिखुमा हकप्रद शेयर निष्कासबाट प्राप्त रकम र मैलुङखोलामा गत आवमा गरेको खुद नाफा सञ्चित कोषमा राखेर लगानी गर्ने तयारी छ । गत आवमा कम्पनीले रु २८ करोड ९९ लाख खुदनाफा गरेको थियो ।

सानिमामाइले २२ मेगावाट क्षमताको माई र सात मेगावाट क्षमताको माइक्यासकेड गरी २९ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

२०७४ माघ १ गते प्रकाशित

वि.सं.२०७४ माघ १ सोमवार ०९:२२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...