back
NMB ad

सेयर बजारमा अर्को अवसर, ३४ करोडको आईपीओ निष्काशन हुँदै

Kumari bank ad

काठमाडौ । रिभर फल्स पावर लिमिटेडले ३४ करोड ३० लाख बराबरको ३४ लाख ३० हजार कित्ता साधारण सेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको छ । ९.५ मेगावाट क्षमताको डाउन पिलुवा खोला साना जलविद्युत आयोजनाको निर्माणार्थ कम्पनीले सो परिमाणमा आईपीओ जारी गर्ने भएको हो ।

यसका लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेलाई नियुक्त गरेको छ ।

सेयर प्रबन्धक नियुक्त सम्बन्धी सम्झौतामा रिभर फल्स पावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष डा भोगेन्द्र कुमार गुरागाई र एनआईसी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरिसकेका छन् ।

रिभर फल्स पावर लिमिटेडको जारी पूँजी मध्ये ४९ प्रतिशत अर्थात ३४ लाख ३० हजार कित्ता साधारण शेयर उद्योग प्रभावित संखुवासभा जिल्लाका स्थानीय बासिन्दा लगायत सर्वसाधारणहरु र कर्मचारीमा एनआईसी एसिया क्यापिटल मार्फत निष्काशन गरिने छ ।

९.५ मेगावाट क्षमताको डाउन पिलुवाखोला साना जलविद्युत आयोजनामा सेञ्चुरी बैंकको अगुवाइमा नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक र भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडको सहवित्तीयकरण कर्जा लगानी हुने सम्झौता सम्पन्न भइसकेकोे कम्पनीले जनाएको छ ।

प्रकाशित मितिः २०७४ जेठ २४

वि.सं.२०७४ जेठ २४ बुधवार १२:४१ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...