back
NMB ad

थाहा पाइराख्नोस्,अर्बाैको लगानी रहेको हाइड्रोको सेयर जारी हुँदै

Kumari bank ad

सोलुखोला–दूधकोसी जलविद्युत आयोजना निर्माण गर्ने साहास ऊर्जा लिमिटेडले सोलुखुम्बुका स्थानीयका लागि सेयर जारी गर्ने भएको छ । आयोजना निर्माण गर्न आवश्यक स्वपुँजी जुटाउन सेयर जारी गर्न लागिएको हो ।

११ अर्ब ८६ रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७३ प्रतिशत ऋण र २७ प्रतिशत (३ अर्ब २१ करोड रुपैयाँ) स्वपुँजी (इक्वीटी) लगानी हुनेछ । उक्त रकमको १० प्रतिशत सेयर जारी गरिने कम्पनीका अध्यक्ष हिमप्रसाद पाठकले बताए ।

‘सेयर जारी गर्न ‘एनआइबिएल क्यापिटल मार्केट’ बिक्री प्रबन्धक नियुक्त गरिएको छ,’ उनले भने, ‘सेयर जारी गर्ने अनुमति लिन नेपाल धितोपत्र बोर्डमा आवेदन दिने तयारी भइरहेको छ ।’

कम्पनीले गत शुक्रबार मात्र इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्सट्रक्सन) मोडलमा आयोजना निर्माण गर्न ठेकेदार छनोट गरेको छ । यो मोडलअनुसार सिभिल निर्माण, इलेक्ट्रो तथा हाइड्रो मेकानिकलको काम एउटै ठेकेदारले गर्छ । आयोजनाको काम इटलीको सिएमसी राभेना कम्पनीले पाएको छ ।उर्जाखबरबाट

प्रकाशित मितिः २०७४ जेठ २९

वि.सं.२०७४ जेठ २९ सोमवार १३:५८ मा प्रकाशित

You can share this post!

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...