काठमाडौ । भर्खरै मात्र सञ्चालनमा आएको युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने प्रक्रियामा जुटेको छ । यसैका लागि कम्पनीले कात्तिक १३ गते साधारण सभा बोलाएको छ ।
दशैं अगाडिदेखि कारोबार सुरु गरेको कम्पनीले कात्तिक १३ गतेको साधारण सभामा सर्वसाधारणका लागि छुट्याइएको ३० प्रतिशत पुँजीको आइपीओ जारी गर्ने विषेश प्रस्ताव पारित गर्दैछ ।
बिमा समितिका अनुसार युनियन लाइफको अहिले चुक्ता पुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ छ । आइपीओ जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब १४ करोड ५० लाख रुपैयाँ पुग्नेछ । जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी न्यूनतम २ अर्ब रुपैयाँ पुग्नुपर्ने प्रावधान छ ।
यस्तै आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुई करोड ९४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ । जसका लागि कम्पनीले आगामी कात्तिक १८ गते हुने तेस्रो बार्षिक साधारणसभाबाट उक्त प्रस्ताव पारित गर्ने भएको छ ।
संस्थाले साधारणसभाबाट जारी पूँजीको ४९ प्रतिशतबाट हुन आउने दुर्इ लाख ९४ हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने भएको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरले कम्पनीका कर्मचारी समेतलाई गरी २ लाख ९४ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले एन आई सी एशिया क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
प्रकाशित मितिः २०७४ असोज २४
वि.सं.२०७४ असोज २४ मंगलवार १०:२२ मा प्रकाशित