back
NMB ad

आन्तरिक राजस्व विभागको २ महिनाको समीक्षाः राजस्व संकलन २२% ले वृद्धि

Kumari bank ad

काठमाडौँ। आव २०७४/०७५ भदौ महिनासम्मको राजस्व संकलनको लक्ष्य रु ३६ अर्ब ६७ करोड ९१ लाख ३९ हजार रहेकामा रु ३५ अर्व २७ करोड ३ लाख ४९ हजार संकलन भई लक्ष्यको तुलनामा ९६ प्रतिशतको प्रगति भएको छ । गत वर्षको असुलीको तुलनामा २२ प्रतिशतले वृद्धि भएको छ ।

शीर्षकगत रूपमा हेर्दा आयकरतर्फ करिब रु १४ अर्व २३ करोड , मूल्य अभिवृद्धि कर रु १२ अर्ब ९० करोड र अन्तःशुल्कतर्फ रु सात अर्ब ७३ करोड संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकरतर्फ ९२ प्रतिशत, मूल्यअभिवृद्धि करतर्फ ९७ प्रतिशत र अन्तशुल्कतर्फ १०५ प्रतिशत हो ।

त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः करिब रु १५ करोड ६६ लाख र रु २५ करोड ४ लाख संकलन भएको छ । शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ८८ प्रतिशत र स्वास्थ्यसेवा करतर्फ लक्ष्यको तुलनामा ७३ प्रतिशत संकलन भएको छ । गत वर्षको तुलनामा आयकर वृद्धिदर १७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २३ प्रतिशत, अन्तःशुल्कको वृद्धिदर ३० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २२ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३ प्रतिशत छ । आन्तरिक राजस्व विभागलाई आव २०७४÷७५ का लागि करिब तीन खर्ब राजश्व संकलन लक्ष्य तोकिएको छ ।

आइतबार आयोजित समीक्षा कार्यक्रममा विभागका महानिर्देशक किशोरजंग कार्कीले महालेखा परीक्षकको टोलीसँग डोरमै बेरुजु सम्परीक्षण गराउन, बेरुजु नउठ्ने गरी कार्य गर्न, अन्तिम तहसम्मको कानुनी कारवाही गरी बक्यौता असुली गर्न र कर परीक्षणमा गुणस्तरीयता कायम गर्न प्रमुख कर प्रशासक तथा प्रमुख कर अधिकृतलाई निर्देशन दिए। विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेलले गत आवमा कर बुझाएका करदाताले यस आवमा कर नबुझाएको देखिएकाले यसको कारण पहिचान गर्न निर्देशन दिए ।

उपमहानिर्देशक शंकरप्रसाद खरेलले २१ बुँदे घोषणापत्रको कार्ययोजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिए। कार्यक्रममा अनुगमन शाखाका शाखा अधिकृत कमल लामिछानेले कार्यपत्र प्रस्तुत गरेका थिए। त्यस्तै काठमाडौंस्थित आन्तरिक राजस्व विभागअन्तर्गतका सबै कार्यालय प्रमुखले आआफ्नो कार्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए।

प्रकाशित मितिः २०७४ असोज १०

वि.सं.२०७४ असोज १० मंगलवार १०:१८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...