back
NMB ad

भेटियो ठूलो फलाम खानी, दुर्इ अर्ब टन फलामको धाउ रहेको अनुमान

Kumari bank ad

तेहरान। इरानमा अत्यन्त ठूलो परिणाममा फलामको धाउ रहेको एक विशाल खानी भेटिएको छ । मध्य इरानमा रहेको याज्द प्रान्तको एउटा भूखण्डमा सो खानी पत्ता लागेको स्थानीय प्रेस टेलिभिजन प्रसारणले जनाएको छ ।शनिबार पत्ता लागेको सो खानीमा भू–सतहभन्दा एक हजार ५०० किलोमिटर गहिराइसम्म गरी करिब दुई अर्ब टन फलामको धाउ भण्डारण भएको अनुमान गरिएको याज्द प्रान्तका उद्योग, खनिज तथा वाणिज्य विभागका महानिर्देशक रेजा आलम्दार याज्दिले बताए।

आज पत्ता लागेको सो खानीमा भण्डारण भएको फलामे धाउमा रहेको शुद्ध फलामको परिमाण विश्वभरीकै उत्कृष्ट गुणस्तरको रहेको तथा खानी स्वयम्मा पनि एक अनौठो भौगर्भिक बनावटयुक्त भएको महानिर्देशक याज्दिले उल्लेख गरेका छन् ।

याज्द प्रान्त तथा समग्र इरानको खनिज क्षमतामा असाधारण रुपले वृद्धि गराउन यस खानीले सघाउ पुग्ने बताइएको छ ।नयाँ खानी पत्ता लाग्नुअघि इरानमा खनिज भण्डारणमा रहेको फलामे धाउको परिमाण तीन अरब टनभन्दा माथि नै रहेको थियो । त्यसमाथि नयाँ खानीमा रहेको परिमाण पनि थपिएपछि कूल परिमाण पाँच अरब टनभन्दा पनि बढी हुन पुगेको छ । याज्द प्रान्त इरानमा इश्वरको बरदान स्वरुप प्राप्त भएको भूखण्ड मानिएको छ । यस प्रान्तको नब्बे प्रतिशत भूभाग विभिन्न खनिज पदार्थले भरिभराउ छ ।यी मध्ये मुख्यमुख्य अठ्ठाइस स्थानमा अनुसन्धान वा उत्खनन कार्य गरिँदा सबैमा उत्कृष्ट नतिजा निस्केको पनि सरकारी अधिकारीहरुको दाबी रहेको छ ।रासस/सिन्हवा

प्रकाशित मितिः २०७४ भदौ १८

वि.सं.२०७४ भदौ १८ आइतवार १०:३२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...