back
NMB ad

जाजरकोटका ७२ मतदानस्थल अतिसंवेदनशील

Kumari bank ad

जाजरकोट । यहाँ आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि जाजरकोटका ७२ मतदानस्थललाई अति संवेदनशील स्थलका रुपमा राखिएको छ ।

सुरक्षा संवेदनशीलताका आधारमा ८५ ओटा मतदानस्थलमध्ये ७२ वटालाई अतिसंवेदनशील स्थलका रुपमा राखिएको हो । सुरक्षा चुनौतीको विश्लेषणका आधारमा जिल्ला सुरक्षा समितिले जिल्लाका मतदान केन्द्रको वर्र्गीकरण गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । १३ ओटा मतदान केन्द्रलाई सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरिएको छ ।

जिल्लामा ८५ मतदानस्थलअन्तर्गत ११६ मतदान केन्द्र तोकिएको छ । गत स्थानीय निर्वाचनमा १२ मतदानस्थललाई अति संवेदनशील, २८ संवेदनशील र ४५ मतदानस्थललाई सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरेको थियो । आसन्न निर्वाचनमा सुरक्षा निकायले ८५ प्रतिशत मतदानस्थललाई अति संवेदनशील स्थलका रुपमा किन राख्यो त ? प्रहरी प्रमुख रिमाल भने, “सुरक्षा थ्रेट र प्रहरीलाई प्राप्त विभिन्न सूचनाका आधारमा हामीले ती मतदानस्थललाई अतिसंवेदनशील स्थलका रुपमा राखेका हौँ ।”

स्थानीय प्रशासनले जाजरकोटका खासगरी नेत्रविक्रम चन्द विप्लवको नेपाल कम्युनिष्ट पार्टीबाट सबैभन्दा बढी सुरक्षा चुनौती महसुश गरेको छ । सुरक्षा निकायले मतदानस्थललाई देशभर सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा विभाजन गरेर सोही अनुसार सुरक्षाकर्मी परिचालन गर्ने गरेको छ । अतिसंवेदनशील मतदानस्थलमा सुरक्षाकर्मी पनि अन्यको तुलनामा बढी नै परिचालन गर्ने व्यवस्था गरिएको छ ।

तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिनेछ । पहिलो घेरामा म्यादी प्रहरी त्यसपछि नेपाल प्रहरी र त्यसपछि बाहिरी घेरामा सशस्त्र प्रहरी परिचालन गरिनेछ । नेपाली सेनाले अतिसंवेदनशील स्थलमा गस्ती व्यवस्था मिलाइएको स्थानीय प्रशासनले जनाएको छ ।

जाजरकोट भौगोलिक रुपमा पनि निकै विकट रहेको र मतदानस्थलमा यातायात र सञ्चारको सहज पहँच पुग्न नसकेको आदि कारणले पनि धेरैजसो मतदानस्थललाई संवेदनशील मतदानस्थलका रुपमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए ।

जिल्लामा यसपटक तीन स्थानमा मतदान केन्द्र थप गरिएको छ । नलगाड नगरपालिकाको दल्ली, वारेकोट गाउँपालिकाको सेपुखोला र वारेकोटकै सिलिंगेचौरमा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले बताए ।

निर्वाचनका लागि आवश्यक जनशक्तिको व्यवस्थापनको अन्तिम तयारी भइरहेको प्रमुख बुढाथोकीले बताउनुभयो । तर हालसम्म जिल्लामा निर्वाचन शिक्षा सामग्री आइपुगेको छैन । निर्वाचन शिक्षा सामग्री पुग्ने बित्तिकै मतदातालाई भोट हाल्ने तरिका र अन्य निर्वाचन शिक्षाका कार्यक्रमहरु सञ्चालन गरिने बुढाथोकीले बताए ।

यसपटक जिल्लामा मंसिरमा हुने निर्वाचनका लागि ८३ हजार ९३७ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नेछन् । उक्त निर्वाचनमा प्रतिनिधि सभाका लागि पाँच दलका पाँचजना उम्मेदवार र प्रदेश सभाका दुई निर्वाचन क्षेत्रका लागि पाँच दलका नौजना उम्मेदवार मैदानमा उत्रिएका छन् । रासस

प्रकाशित मितिः २०७४ कार्तिक १७

वि.सं.२०७४ कात्तिक १७ शुक्रवार १०:३१ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...