back
NMB ad

३६ करोडको लागतमा खानेपानी योजना निर्माण हुँदै

Kumari bank ad

जाजरकोट । जाजरकोट सदरमुकाम खलङ्गाको खानेपानी समस्या समाधान गर्न करिब रु ३६ करोडको लागतमा खानेपानी योजना निर्माण हुने भएको छ ।

आयोजना निर्माणपछि खलङ्गावासीलाई खानेपानी उपलव्ध हुनेछ । जाजरकोट खलङ्गा खानेपानी तथा सरसफाइ आयोजना निर्माणको काम आगामी मङ्सिरपुष महिनाबाट सुरु हुने भएको छ ।

आयोजनाको डिपीआर बनाउने काम अन्तिमचरणमा पुगेको भन्दै आउँदो भदौ महिनाभित्रै डिपिआर तयार हुने प्लस इन्जिनियरिङ कन्सलटेन्सीले जनाएको छ ।

अहिले १३ वटा साना मुहानलाई समेटेर पानी संकलन गर्ने गरी योजना बनाइएको कन्सलटेन्सीका लक्ष्मण आचार्यले बताउनु भयो ।
बुदबुदे र पोखरा मुहानवाट ल्याएको पानीले मात्र खलंगाको माग पुरा गर्न नसक्ने भएकोले भेरीवाट पनि पानी तान्ने योजना बनाइएको अर्का इन्जिनियर त्रिरत्न शाक्यले बताउनु भयो ।
उहाँले खलंगावासीको माग पुरा गर्नको लागि १९ लिटर प्रतिसेकेन्ड पानी सुक्खा समयमा भेरी नदिवाट तान्ने उल्लेख गर्नुभयो ।
पुरानो संरचना सवै परिवर्तन गर्नुपर्ने र भेरीवाट पानी तान्नु पर्ने भएकोले करिव ३६ करोड रुपैया लागत लाग्ने इन्जिनियर शाक्यले बताउनु भयो ।
खानेपानी आयोजना निर्माणको लागि सरकारले चालु आर्थिक वर्ष २०७३–७४ को लागि १ करोड ५० लाख रुपैया विनियोजन गरेको छ ।
आयोजनाले साविकको खलंगा गाविसको वडा न १, २, ३ र ४ को साथै भेरी मालिका नगरपालिका वडा न ३ र ४ का बासिन्दालाई खानेपानीको सेवा पुग्ने खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय जाजरकोटले जनाएको छ ।
प्रकाशितः २०७३ साउन ८

वि.सं.२०७३ साउन ८ शनिवार १३:५३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...