back
NMB ad

जलवायुका परिवर्तनको असर कृषि, वन, हुँदै मानव स्वास्थ्यमा

Kumari bank ad

काठमाडौ । जलवायुका परिवर्तनको असर कृषि, वन, वातवारण, जलविद्युत् र मानव स्वास्थ्यमा देखिन थालेको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले जनाएको छ । काठमाडौँ इन्स्टिच्युट अफ एप्लाइड साइन्सद्वारा शुक्रबारदेखि काठमाडौमा आयोजित सम्मेलनको समापनका क्रममा सहभागी राष्ट्रका प्रतिनिधिले जलवायु परिवर्तनको समस्या समयमै समाधान गर्न सम्बन्धित मुलुकका सरकार प्रमुखलाई सुझाव दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल, भारत, बंगलादेश, इरान, इटली, संयुक्तराज्य अमेरिकालगायत दुई दर्जन मुलुकका विज्ञ तथा कृषि, वातावरण विषयका करिब १५० विद्यार्थीले गरेका अनुसन्धानपत्र सम्मेलनमा प्रस्तुत गरिएका थिए । इलामस्थित इन्स्टिच्युट अफ एग्रीकल्चर एण्ड एनिमल साइन्समा हर्टिकल्चर विषयमा स्नातक अध्ययनरत वर्षा बास्तोलाले ‘बायो प्राइमिङ अफ सिड’ विषयमा अनुसन्धानपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रम आयोजक संस्था काठमाडौ इन्स्टिच्युट अफ एप्लाइड साइन्सले सहभागी राष्ट्रका प्रतिनिधिले जलवायुका क्षेत्रमा गरेको खोज अनुसन्धानबारे सम्मेलनमा भएको छलफलबाट एकआपसमा अनुभव आदानप्रदान गर्न सहयोग पुग्ने जनाएको छ । रासस

फाइल फोटो गुगलबाट

प्रकाशित मितिः २०७४ कार्तिक १२

वि.सं.२०७४ कात्तिक १२ आइतवार १२:५१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...