back
NMB ad

धादिङको जनजागृति मा.वि.मा स्काउटको साँस्कृतिक कार्यक्रम सम्पन्न

Kumari bank ad

रविना पौडेल,धादिङ । धादिङ जिल्लाको थाँक्रे गाउँपालिका–६ मा अवस्थित जनजागृति मा.वि.मा स्काउटको साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्काउट विद्यार्थीहरुको सम्मानमा अगामि भदौमा हुन गईरहेको स्काफ् दीक्षान्त समारोहको पूर्व सन्ध्यामा जनजागृति स्काउट टु«पको आयोजनामा उक्त साँस्कृतिक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा थाँक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आर्चायले स्काउटका माध्यमबाट विद्यार्थी जीवन देखि नै सेवाको भावना जगाउन मद्दत पुग्ने र यसले भविष्यमा विद्यार्थीहरुलाई देशको सेवामा लाग्न उत्प्रेरित गर्ने बताए ।

janajriti Scout troop1

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अम्बिका रुपाखेतीले गाउँपालिका भरि नै स्काउटिङको प्रवद्र्धन र विकास गर्नको लागि आफुहरु तयार रहेको बताईन् । उनले जनजागृृति स्काउट टु«पलाई एक वर्ष भित्र धादिङ जिल्लाकै नमुना टु«प बनाउन सुझाव दिंदै यसमा गाँउपालिकाले सक्दो सहयोग गर्नै बताईन् ।

यस्तै विद्यालयका प्रधानाध्यापक लावणप्रसाद फुँयालले स्काउटका कारण विद्यार्थी भाईबहिनीहरुमा सामाजिक सेवा भावको विकासमा ठूलो योगदान पुगेको भन्दै स्काउट टिमलाई धन्यवाद दिए ।

त्यस्तै टु«पकी लिडर स्नेहा रुपाखेतीले बालबालिकाहरुलाई अवसर दिइयो भने समाजमा धेरै राम्रा कामहरु गर्न सक्छन् भन्ने उदाहरण स्काउटले प्रस्तुत गरेर देखाएको भन्दै भाईबहिनीहरुको प्रतिभाले यसलाई पुष्टि गरेको दाबी गरिन् । स्काउटको नियम र सिद्धान्तले संधै अनुशासनमा रहेर अगाडि बढ्न मद्धत पुर्याउने उनको भनाई थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण रुपाखेती, शिक्षकहरु, वडा सदस्यहरु लगायत स्थानीयहरुको सहभागीता रहेको थियो । कार्यक्रममा स्काउटमा आबद्ध विद्यार्थी भाइबहिनीहरुले नृत्य र नाटक प्रस्तुत गरेका थिए ।janajriti Scout troop2

२०७४ जेठ १९ गते देखि सञ्चालनमा रहेको उक्त स्काउट टु«पले छोटो समयमै धेरै विद्यार्थी भाईबहिनीहरुको मन जित्न सफल भएको छ ।

प्रकाशित मितिः २०७४ साउन ११

वि.सं.२०७४ साउन ११ बुधवार १७:२५ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...