back
NMB ad

महागंगाआरतीको दोश्रो बार्षिकोत्सव सम्पन्न, पर्यटनव्यवसायीहरु सम्मानित !

Kumari bank ad

काठमाण्डौं । मिथिला क्षेत्रको सांस्कृतिक, तथापर्यटकीय सम्भावना र महत्वलाई अझ बढाउका लागि सुरु गरिएको जनकपुरधामको गंगा सागरमा महागंगाआरतीको जनकपुरधामको दोश्रो वार्षिकोत्सव यहाँ स्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा हालै मनाइएकोछ । भोर, अभियानी तथा अनुसन्धानमुलक परोपकारी संस्था, मिथिला पर्यटन अभियान र सेभ हिसटोरिकल जनकपुरधामको संयोजनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

सो अवसरमा नेपाल सरकार, संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालय, पुरातत्वविभागले युनेस्कोको विश्व सम्पदा सुची केन्द्रको कार्य विधिअनुरुपजानकीमन्दिरलाई विश्व सम्पदा स्थलको रुपमा सुचिकृत गराउन नोमिनेशनफाइलतयार पारी युनेस्कोको विश्व सम्पदा सुची केन्द्रमा पेश गर्न लिखितप्रतिबधतागरिसकेको कुरा पुरातत्वविभागको महानिर्देशक भेष नारायण दहालले उलेख्ख गरेका थिए ।

उक्त कार्यक्रममा मिथिल ालगायत नेपालको पर्यटन विकास र प्रवद्र्धनमाउल्लेखनीय योगदानगर्ने विभिन्न संस्था तथा व्यक्तिहरुलाई मिथिलापर्यटन अभियानको तर्फबाट हिमालयन पर्यटन म्याग्जिनका अभिशेक अर्याल, मिट प्वाइन्ट ट्राभल्स एण्ड टुरका मनोरन्जन कर्ण, गुड च्वाइस ट्राभल्स, माहाराजा ट्राभल्स एण्ड ट्रेक्र्स र नेचर रिट्रिट टुर्स एण्ड ट्राभल्सका सृजना मास्केलाई सम्मान गरिएको भोरका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

कार्यक्रम नेपाल पर्यटन बोर्डको निमित्त प्रमुख उज्वलादलीको अध्यक्षता र नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलको प्रमुख आतिथ्यमा सचांलन भएको थियो । कार्यक्रममा पुरातत्वविभागको महानिर्देशक भेष नारायण दहाल, नाटाका अध्यक्ष मधुसुदन आचार्य, युनेस्को नेपालको सह महासचिव डा. कमलेश्वर सिन्हा, पूर्व राजदुतपि.बि. ठाकुर, नेपाल ललितकला प्रतिष्ठानको प्राज्ञ एस सी सुमन, ओविसि विकास समितीकाउप सभापित रामचन्द्र मौर्य, संस्कृतीविद् डा. रामदयाल राकेश, र नेपालपर्यटन बोर्डको नि. निर्देशक सुनिलशर्माको विषेश उपस्थिती रहेको थियो ।

५ असार २०७३, ११।००

वि.सं.२०७३ असार ५ आइतवार १३:३७ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...