काठमाडौं । धेरैवटा बैंकसंग मर्जरका साथै पछिल्लो समय वित्तिय क्षेत्रमा राम्रो प्रगति गरेको जनता बैंकले एक अर्ब ७० लाख ९१ हजार ९३५ रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको शुक्रबारको बैठकले चुक्ता पूँजी ६ अर्ब ९९ करोड ३६ लाख रुपैयाँको १४.४० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
गत आवमा ६४ करोड १८ लाख खुद नाफा कमाएको जनता बैंकले गत आर्थिक बर्षको नाफा तथा सञ्चित जगेडा कोषबाट उक्त्त रकमको बोनस वितरण गर्ने भएको हो ।
प्रस्तावित बोनस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । बोनस वितरण पश्चात जनता बैंकको चुक्ता पूँजी आठ अर्ब सात लाख ८५ हजार ९२५ रुपैयाँ कायम हुनेछ ।
बैंकले चालु आवको प्रथम त्रैमासमा ६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी तीन रुपैयाँ ७१ पैसा कायम गरेको छ ।
वि.सं.२०७४ मंसिर १७ आइतवार ०९:२४ मा प्रकाशित