काठमाडौ । जनता बैंक नेपाल लिमिटेडको सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको दुई करोड २७ लाख ६ हजार छ सय ८१.६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सिद्धार्थ डेभलपमेण्ट बैंकलाई एक्यूजिसन गरेपछिको सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।
सेयरधनीले आगामी सातादेखि यो सेयरको कारोबार गर्न सक्नेछन् ।
यसैगरी जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको ४० हजार कित्ता बोनस सेयर पनि नेप्सेमा सूचिकृत भएको छ ।
प्रकाशित मितिः २०७४ साउन २६
वि.सं.२०७४ साउन २६ बिहीवार ११:१९ मा प्रकाशित