back
NMB ad

समस्याग्रस्त सबै वित्तिय संस्था तीन महिनाभित्रमा संचालनमा आउने,सूचिबाट हट्यो जनरल फाइनान्स

Kumari bank ad

काठमाडौ । नेपाल राष्ट्र बैंकले जनरल फाइनान्स लिमिटेडलाई समस्याग्रस्त वित्तीय संस्थाबाट हटाएको छ । समस्याग्रस्तबाट मुक्त भएपछि फाइनान्स कम्पनीले आजदेखि नियमित कारोबार शुरु गरेको छ । नाजुक वित्तीय अवस्थाका कारण ३ वर्षअघि समस्याग्रस्त घोषित भएको जनरल फाइनान्सलाई राष्ट्र बैंकले वित्तीय अवस्थामा सुधार आएको भन्दै समस्याग्रस्त संस्थाको सूचीबाट हटाएको हो ।

राष्ट्र बैंकका गभरनर डा. चिरञ्जीवी नेपालले जनरल फाइनान्सको नयाँ कारोबारको औपचारिक शुभारम्भ गरेका हुन् । उक्त अवस्थामा गभर्नर नेपालले नेपालको वित्तीय क्षेत्र सुधारको चरणमा गएको बताए । उनले समस्याग्रस्त अवस्थामा रहेको जनरल फाइनान्स सामान्य अवस्थामा फर्किएको र बाँकी समस्याग्रस्त अवस्थामा पुगेका बैंक तथा वित्तीय संस्थाहरु पनि आगामी तीन महिना भित्र सञ्चालनमा आउने बताए । ८ भन्दा बढि संघसंस्थाहरु समस्याग्रस्त अवूथामा पुगेका थिए ।

समस्याग्रस्त सबै बैंक तथा वित्तीय संस्थामा नयाँ लगानीकर्ताको प्रवेश भएको र उनीहरुले आगामी चैत मसान्तसम्ममा सामान्य अवस्थामा सञ्चालन गर्ने प्रतिवद्धता राष्ट्र बैंक समक्ष गरिसकेको डा. नेपालले जानकारी दिए ।

प्रकाशित मितिः २०७३ पुस ७

वि.सं.२०७३ पुस ७ बिहीवार १३:४८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...