काठमाण्डौं । अर्थ मन्त्रालय र जापानी दूतावासबीच आज शुक्रबार भएको सम्झौता अनुसार नेपालका सरकारी कर्मचारीहरुको छात्रवृत्तिका लागि जापानले नेपाललाई ३० करोड ६० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।
जापानी सहयोगमा एक सय जना सरकारी कर्मचारीहरुले आर्थिक नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, औद्योगिक विकास नीति तथा कानूनी र न्यायिक प्रणाली विषयमा अध्ययनको अवसर पाउने छन् । यसका लागि सरकारी कर्मचारीहरुले निश्चित प्रक्रिया पूरा गरी जापानमा गएर स्नातकोत्तर तह अध्ययन गर्न पाउने छन् ।
जापानले दिएको अनुदानबाट हरेक वर्ष २० जना कर्मचारीलाई छात्रवृत्ति उपलब्ध गराउने अर्थ मन्त्रालयले जनाएको छ । कर्मचारीका लागि जापानबाट छात्रवृत्ति पाउने नेपाल १५ औं मुलुक हो ।
१७ असार २०७३, २।००
वि.सं.२०७३ असार १७ शुक्रवार १३:५५ मा प्रकाशित