back
NMB ad

उत्तर कोरिया र अमेरिकाबीचको परमाणु युद्धबाट बच्न जापानको पूर्व तयारी !

Kumari bank ad

जापानले उत्तर कोरिया र अमेरिकाबिचको सम्भावित परमाणु युद्धलाई मध्यनजर गर्दै यसबाट बच्न पूर्वतयारी थालेको छ । जापानले परमाणु युद्धबाट कसरी बच्ने भन्ने विषयमा बालबालिकालाई तालिम दिएको छ ।

जापान विश्वमै एकमात्र त्यस्तो देश हो जसले परमाणु बमको मार खेप्नु परेको थियो ।  तालिमको उद्धेश्य परमाणु हमलाको स्थितिमा मानिसहरुलाई घर खाली गर्न तयार रहेको खबर रोयटर्समा उल्लेख छ । रोयटर्सका अनुसार जापानको कोट्युरा टापुमा घण्टी बज्नेबित्तिकै फुटबल खेलिरहेका बालबालिका आफ्नो परिवार र टिमका प्रशिक्षकसँग विद्यालयमा शरण लिएका थिए ।

जापानी अधिकारीका अनुसार यो तालिममा १ सय ३० जनाले भाग लिएका थिए । उनीहरु हातले टाउको छोपेर बसेका थिए । परमाणु युद्धबाट बच्नका लागि गरिएको तालिममा सहभागीमध्ये केहीले आफूहरु डराएको बताएका थिए ।

Japan holds its first evacuation drill for residents in the northern city of Oga, Akita Prefecture, on March 17, 2017, based on the scenario that North Korea had launched a ballistic missile which landed in Japanese waters. (Kyodo) ==Kyodo
Japan holds its first evacuation drill for residents in the northern city of Oga, Akita Prefecture, on March 17, 2017, based on the scenario that North Korea had launched a ballistic missile which landed in Japanese waters. (Kyodo)
==Kyodo

जापानी प्रशासनले समाचार पत्रमा सूचना जारी गरेर मिसाइल खसेको स्थितिमा बलियो भवनको पछाडि लुक्न आफ्ना नागरिकलाई आग्रह गरेको छ । उत्तर कोरियाबाट प्रहार गरिएको मिसाइल जापान पुग्न १० मिनेट मात्रै लाग्छ ।

उत्तर कोरियाले पटक–पटक अमेरिकाविरुद्ध परमाणु आक्रमणको धम्की दिइरहेको छ । उत्तर कोरिया र अमेरिकाको बिचमा युद्ध भएमा पूर्वी एसियाका अन्य देशहरुमा पनि त्यसको प्रभाव पर्नेछ ।

प्रकाशित मितिः २०७४ भदौ ५

वि.सं.२०७४ भदौ ५ सोमवार १३:३० मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...