back
NMB ad

तपाईलाई थाहा छ,नेपाली लोक्ताबाट बन्छ जापानी नोट ! ४ सय किलोको लोक्ता जापानमा नोटै नोट

Kumari bank ad

पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका गाउँगाउँमा खेर गइरहेको अर्गेलीको लोक्ता जापानी नोट र छाला बनाउन प्रयोग हुने गरेको छ । यो खबर थाहा पाएपछि त्यहाँका कृषक साह्रै हर्षित छन् । किनकि नब्बे रुपैयाँ प्रतिकेजीमा बिक्री हुने गरेको अर्गेलीको लोक्ता चार गुना बढी मूल्यमा बिक्री हुन थालेपछि कृषकमा खुसीयाली छाएको हो ।

लोक्ताको माग बढेपछि पाँचथर जिल्लामा अहिले जापानिज प्रविधिमा अर्गेलीको कच्चापदार्थ बनाउन थालिएको छ । परम्परागत प्रविधिमा अर्गेलीबाट काँचो कागज बनाइँदै आइए पनि पछिल्लो समय जापानिज नोट र छाला बनाउन जापानबाट अर्गेलीको माग आएपछि किसान गाँउघरमै जापानिज प्रविधिबाट अर्गेलीको कच्चापदार्थ बनाउन जुटेका हुन् ।

नोट र छाला बनाउन जापानमा नेपाली अर्गेली माग बढेकाले निर्यात सुरु भएको व्यवसायीको भनाइ छ । जिल्लाका १८ गाविसमा अर्गेली उत्पादन हुन्छ । दाजुभाइ सहकारी संस्थाको सहयोगमा ती स्थानमा जापानिज प्रविधिमा अर्गेलीको कच्चापदार्थ बनाउन सिकाउने कामसमेत भइरहेको संस्थाका अध्यक्ष ओमराज थाम्सुहाङले जानकारी दिए । अब अलैँची पछिको राम्रो आम्दानीको स्रोत अब अर्गेली हुने स्थानीयवासीहरु बताउँछन् ।

कागज बनाउनका लागि जिल्लाबाट एक सय क्विन्टल अर्गेलीको कच्चापदार्थ निकासी हुने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । यस वर्ष जापानमा सात मेट्रिक टन अर्गेली निकासी हुने भएको छ । नब्बे रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको अर्गेली जापानले चार सय रुपैयँमा खरिद गर्नेछ ।

प्रकाशित मितिः २०७३ कार्तिक २४

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०८:३१ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...