back
NMB ad

जर्मन विकास बैंकद्धारा सहयोग रोक्ने चेतावनी

Kumari bank ad

काठमाडौ । जर्मन विकास बैंकले नगर विकास कोषमा नियमविपरित अध्यक्ष नियुक्त गरेको भन्दै निर्णय नसच्याए सबै सहयोग रोक्ने चेतावनी दिएको छ । मन्त्रिपरिषदले गत फागुन १७ गते प्रतिष्ठा कन्स्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक ध्रुव रिजाललाई कोषको अध्यक्षमा नियुक्त गरेको थियो ।

नगर विकास कोषका कर्मचारीले कोषको अध्यक्षमा राजनीतिक नियुक्ति गरिएको भन्दै अध्यक्ष बहिष्कार गरेका छन् । मंगलबार दिउसो केहि व्यक्तिहरुको साथमा पदबहाली गर्न कोषको कार्यलय मध्यबानेश्बर पुगेका रिजाल कोषका कर्मचारीको बेवास्थाका कारण आफै खादा पहिरिई कार्यालयबाट बाहिरिएका थिए । २९ वर्ष अघिदेखि कोषको अध्यक्ष सहरी विकास मन्त्रालयको सचिव रहदै आएको भएपनि सरकारले राजनीतिक दवावमा कोषको ऐन बिपरीत निर्माण व्यवसायी धु्व रिजाललाई अध्यक्षमा नियुक्त गरेपछि कोषका कर्मचारीले आन्दोलन गरिरहेका छन भने सरकारको नि र्णयबिरुद्ध नगरपालिका संघले सर्वोच्च अदालतमा रिट हालेको छ । सो रिट माथी चैत २४ गते बहस हुँदैछ ।

नेपाल सरकार र बैंकबीच सन् २००० मा भएको पहिलो २०१० मा भएको वित्तीय सम्झौतामा कोषको संचालक समितिको अध्यक्ष सहरी बिकास मन्त्रालयको सचिव रहने भन्ने थियो । सो सम्झौता विपरित अध्यक्ष नियुक्त गरेको भन्दै सहयोग रोक्ने सम्मको पत्र अर्थ मन्त्रालय तथा जर्मन दुतावासलाई पठाएको छ ।

बैंकले अर्थ मन्त्रालयलाई पत्र पठाउँदै नियमविपरित अध्यक्ष नियुक्तिप्रति आफ्नो असहमति रहेको र सम्झौताबमोजिम सहरी विकास मन्त्रालयको सचिव अध्यक्ष नभए सबैखाले सहयोग रोक्ने चेतावनी दिएको हो ।

बैंकले कोषको स्थापना देखि नै अनुदान दिँदै आएको छ । कोषले प्राप्त अनुदान रकमबाट नगरपालिकाहरूलाई ऋण दिँदै आएको छ । ऋण उठाएपछि प्राप्त साँवा ब्याज नगर विकास कोषकै हुने व्यवस्था छ ।

कोष सुरू भएदेखि अहिलेसम्म बैंकको सहयोगमा ८ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भइसकेको छ भने ३ अर्ब रुपैयाँभन्दा बढी सावाँ ब्याज असुल भइसकेको छ । साना लागतका पूर्वाधार निर्माणहरू पनि भइरहेको छ ।

प्रकाशित मितिः २०७३ चैत १७

वि.सं.२०७३ चैत १७ बिहीवार ०८:२४ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...