back
NMB ad

पर्यटन बोर्डका सीईओले गीत गाएर नाच्दै कार्यक्रमको उद्घाटन गरेपछि….(फोटोफिचर)

Kumari bank ad

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीलाई तालमा ताल मिलाएर खास्सै नाच्न आउँदैन, नत उनलाई गीत गाउन नै आउँछ । तर, आज यस्तो संयोग प¥यो कि कार्यक्रमको उद्घाटन नै देउसी भैलो गाएर गर्नु पर्यो ।

jat nepal lokbaja deusi final

पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले नेपाल लोकबाजा संग्रहालयसँगको सहकार्यमा गरेको देउसी–भैलो कार्यक्रमको उद्घाटन नै देउसी गीत गाएर गर्नु पर्ने भएपछि सीईओ जोशीलाई अप्ठेरो प¥यो । तर, उनले मज्जैले देउसी गीत फलाके र कार्यक्रमको उद्घाटन गरे ।

बोर्डका सीईओले देउसी गाएर कार्यक्रम उद्घाटन गर्दा धेरै उत्साहित थिए । अझ बढी उत्साहित सोही कार्यक्रममा आएका विदेशी पर्यटकहरु थिए । उनीहरु पनि कार्यक्रममा मज्जैले नाचे । नेपाली लोक शैली र तालको खासै ज्ञान नभएका उनीहरु आफ्नै तालमा कम्मर मर्काइमर्काइ नाचे ।

jatnepal lokbajadeusi 8

jat nepal lokbaja deusi 4 jat nepal lokbaja deusi 9 jat nepal lokbaja deusi1 jatnepal deusi 7 jatnepal lokbajadeusi 6

‘पर्यटनका लागि लोक संगीत’ मूल नाराका साथ सँस्कृतिको जगेर्ना र पर्यटनको प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ आज जाट–नेपालले एक दिने देउसी–भैलो कार्यक्रमको आयोजना गरेको हो । आर्थिक सहयोग भन्दा पनि लोकसँस्कृतिको संरक्षण गर्ने मुख्य उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जाट–नेपालका अध्यक्ष नारायण भण्डारीले बताए । उनले सँस्कृति र प्रकृतिको सँगसँगै संरक्षण हुन नसके नेपालमा पर्यटन प्रबद्र्धन गर्न नसकिने भन्दै यसका लागि सबैलाई एकजुट हुन आग्रह गरे ।

कार्यक्रममा लोकबाजा संग्रहालयको तर्फबाट लोक कलाकार तथा लोपोन्मुख नेपाली बाजाहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमकै सिलसिलामा बोर्डमै नेपालको सबैभन्दा ठूलो (७ फिट ३ इन्च) र सबैभन्दा सानो (७ इन्च)को सारङ्गी प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा बोर्डका सीईओ दीपकराज जोशीले पर्यटन पत्रकारहरुले सँस्कृति संरक्षणका लागि सुरुवात गरेको देउसी–भैलो कार्यक्रमले पर्यटनमा प्रत्यक्ष तथा अप्रत्यक्ष ठूलो सहयोग पुग्ने बताए । उनले यस्ता खालका कार्यक्रमलाई बोर्डले प्रबद्र्धन गर्न सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गरे ।

त्यस्तै, लोकबाजा संग्रहालयका प्रमुख रामप्रसाद कंडेलले पर्यटन पत्रकारहरुसँगको सहकार्यमा देउसी भैलो कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्दै उनले नेपालमा रहेको १३ सय ५० बढी बाजाहरुलाई विश्वव्यापीकरण गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा पर्यटन बोर्डका सदस्य कृष्णकुमार अर्यालले नेपालको सबैभन्दा ठूलो सारङ्गीलाई बोर्डले खरिद गरि पर्यटन बोर्डको संग्रहालयमा राख्ने प्रतिबद्धता जाहेर गरे । उनले पर्यटन पत्रकारहरुले सुरुवात गरेको सँस्कृति संरक्षणको कार्यक्रमले धेरै पर्यटन व्यवसायीहरुलाई सकारात्मक सन्देश दिने पनि बताए ।jat nepal lokbaja deusi 5

कार्यक्रमको संचालन गर्दै जाट–नेपालका महासचिव हरिशरण न्यौपानेले लोकसंगीतलाई पर्यटन प्रोडक्टकारुपमा विकास गर्न लोकबाजा संग्राहलयसँगको सहकार्यमा उक्त थालनी गरिएको बताए । कार्यक्रमको समापन गर्दै जाट–नेपालका प्रथम उपाध्यक्ष शिव श्रेष्ठले यो पहिलो कार्यक्रम भएको र आगामी दिनमा यसलाई बार्षिक क्यालेन्डरको रुपमा विकास गर्दै व्यवस्थित तरिकाले आयोजना गर्ने बताए । कार्यक्रममा बोर्डका कर्मचारी, पर्यटन व्यवसायी, सञ्चारकर्मी, कलाकार, पर्यटक तथा स्थानीहरुको उपस्थिति रहेको थियो ।

jat nepal deusi 9

प्रकाशित मितिः २०७४ कार्तिक ३

वि.सं.२०७४ कात्तिक ३ शुक्रवार १७:०६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...