back
NMB ad

तामिलताडूकी मुख्यमन्त्री जयललिताको निधनः सात दिने शोकको घोषणा

Kumari bank ad

भारतको दक्षिणी भागमा पर्ने तामिलनाडू राज्यका नेत्री तथा मुख्यमन्त्री जयराम जयाललितको स्थानीय समायानुसार सोमबार राति ११ः३० मा निधन भएको छ । दक्षिण भारतकी प्रख्यात अभिनेत्रीसमेत रहनु भएका जयललिताको ६८ बर्षको उमेरमा सोमबार निधन भएको हो ।

गत सेप्टेम्बर २२ देखि नै ज्वरो, शरीरमा पानीको कमी र श्वासप्रश्वासमा समस्याको कारण अस्पताल भर्ना भएकी जयललितालाई आइतबार हृदयघात भएको थियो । हृदयघातको कारण उनको अवस्था गम्भीर भएपछि उनीलाई अलेपो अस्पतालको सघन उपचार केन्द्रमा सारिएको थियो ।

हृदयघातपछि गरिएको शल्यक्रिया पश्चात पनि उनको अवस्था गम्भीर नै रहेको र सोमबार राति निधन भएको थियो ।

चेन्नइको प्रान्तीय राजधानीमा रहेको अपोलो अस्पतालमा मुख्यमन्त्री जयललिताको वरिष्ठ चिकित्सकको टोली लागेर उपचार भइरहेको थियो । चलचित्रका नायिकालगायत सफल भूमिकापछि राजनीतिमा प्रवेश गरेकी जयाललिता आइतबार राति हृदयघातबाट पीडित भएकी थिईन् ।

जयललिताले १३ बर्षको उमेरबाट चलचित्रमा अभिनय गर्न सुरु गरेकी थिईन् । उनले तामिल भाषाबाट बनाइएका करिब १५० वटा चलचित्रमा अभिनय गरेकी छिन् । उनले कैयौ पटक तामिलनाडू राज्यको मुख्यमन्त्रीको पद सम्हाली सकेकी थिईन् । आफ्ना समर्थकबीच ‘अम्मा’को नामबाट परिचित उनले सन् १९८० को सुरुबाट नै राजनीतिमा जीवन सुरु गरेकी हुन् । तामिल नाडू राज्यको अतिप्रिय अम्माको निधनबाट सारा तामिल नाडू नै वियोगमा डुबेको छ ।

पछिल्लो पटक सन् २०११ को मे महिनाबाट उनी तामिलनाडूको मुख्य मन्त्रीको पदमा थिईन् । सन् २०१४ मा जयललितालाई भष्टाचारको मुद्दामा दोष ठहर गरिएको र पछि उनले सफाई पाएपछि मुख्यमन्त्रीमा नै फर्किएकी थिईन् ।

जयललिताको निधनपछि तामिल नाडू राज्यमा सात दिनको शोकको घोषणा गरिएको छ भने बिद्यालय र विश्वबिद्यालयमा तीन दिनको विद्याको घोषणा गरिएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर २१

वि.सं.२०७३ मंसिर २१ मंगलवार २०:१० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...