back
NMB ad

चार वर्षपछि बल्ल ज्येष्ठ नागरिक खुसी

Kumari bank ad

काठमाण्डौं । चार वर्षदेखि माग र असन्तुष्टिको नारा लगाउँदै आएका वृद्धवृद्धाले आइतबार भने नयाँ बानेश्वरमा उत्सवको नारा घन्काए । असन्तुष्टिको भाका फेरिएको थियो । यातायात व्यवस्था विभाग परिसरलाई नियमित धर्नास्थल बनाएका ज्येष्ठ नागरिकहरूको मुहारमा खुसी छाएको थियो ।

सरकारले बजेटमा वृद्धभत्ता दोब्बर बनाउने, स्वास्थ्य बिमाको व्यवस्था गर्नेजस्ता योजना ल्याएपछि उनीहरूको मन पनि बदलियो । ०६९ फागुन २४ देखि ८ बुँदे मागसहित धर्नामा बसेका ज्येष्ठ नागरिकको आन्दोलन सरकारको बजेटसँगै टुंगिएको हो । धर्ना बस्ने क्रममा ४ वर्षको अवधिमा १६ ज्येष्ठ नागरिकको निधन भइसकेको छ ।

ज्येष्ठ नागरिकले पाउँदै आएको एक हजार वृद्ध भत्ता बढाएर मासिक ५ हजार पुर्‍याउनुपर्ने, ६० वर्ष उमेर पुगेकालाई ज्येष्ठ नागरिक घोषणा गर्नुपर्ने, स्वास्थ्य बिमा हुनुपर्ने, सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई आरक्षण सिट र ५० प्रतिशत छुट दिइनुपर्ने, सरकारी अस्पतालमा शतप्रतिशत र निजी अस्पतालमा ५० प्रतिशत औषधोपचारमा छुट पाउनुपर्ने, सार्वजनिक निकायमा ज्येष्ठ नागरिकले राजस्व तिर्दा लाइन बस्नु नपर्ने व्यवस्था गर्नुपर्ने, ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा नभई घरमै बस्ने वातावरण मिलाउने व्यवस्था गर्नुपर्ने, आमाबुबाको निधन नभएसम्म अंश अधिकार छोरारछोरीले नपाउने व्यवस्था गर्नुपर्ने लगायत ८ बुँदे मागसहित उनीहरू धर्ना बसेका थिए । कान्तिपुर दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ जेठ १७

वि.सं.२०७३ जेठ १७ सोमवार १०:१४ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...