back
NMB ad

नयाँ अर्थमन्त्री कार्कीलार्ई सेयर बजारको रातो झण्डा !

Kumari bank ad

काठमाडौ । मंगलबार ३४ अंकले बढेको लगानीकर्तालाई माथि उचालेको सेयर बजारले बुधबार पछारेको छ । बुधबार नेप्से परिसूचक १४.२४ अंकले घटेर १६२३.१३ अंकमा कायम भएको छ ।

उत्पादनमूलकबाहेक कारोबार भएका सबै समूह रातो रंगले पोतिएका छन् । यसदिन बीमा समूह सबैभन्दा धेरै ११५.७८ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः १२.८४, ४०.३२, १८.२७, १९.१५, १.९५ र ०.२९ अंकले घटेका छन् । उत्पादनमूलक भने ९.६९ अंकले बढेको छ ।
परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

दिनभरिमा १४९ वटा कम्पनीको १२ लाख ७९ हजार पाँच सय सात कित्ता सेयर आठ हजार ३८ पटक खरिदविक्री हुँदा ७६ करोड ४७ लाख ३६ हजार रुपैंयाभन्दा बढिको सेयर खरिदबिक्री भएको छ ।

स्टान्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै नौ करोड ४१ लाख ७८ हजार तीन सय ८३ रुपैयाँको कारोबार भएको छ । सनराइज बैंकको चार करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको दुई करोडमाथिको सेयर कारोबार भएको छ ।

एभरेष्ट बैंक र सिद्धार्थ इन्स्योरेन्सको एक करोड ८० लाख माथिको कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्सको पौने दुई करोडमाथिको कारोबार भएको छ भने हिमालयन जनरल इन्स्योरेन्स, नविल बैंक, सिभिल बैंक, एभरेष्ट इन्स्योरेन्स लगायतको डेढ करोडमाथिको कारोबार भएको छ ।

24 jesth

प्रकाशित मितिः २०७४ जेठ २४

वि.सं.२०७४ जेठ २४ बुधवार १६:०८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...