back
NMB ad

भुटेको मकै चपाउँदै पानी कागत ओढेर झरना पाथिभरा मन्दिर पुग्दा …

Kumari bank ad

मौसम पनि मनोरम र चिसो छ । आनन्ददायक छ माता पाथिभराको कृपाले सबैको कल्याण हुन्छ । भक्तजनहरु यसै भनिरहेका थिए ।

साँच्चै ! प्राकृतिक, साँस्कृतिक, धार्मिक लगायत सबै दृष्टिले भरिपूर्ण रहेछ ताप्लेजुङको पाथिभरा मन्दिर । त्यसैले त बर्षेनी लाखौं तिर्थालु पर्यटकहरु दुःख कष्ट ब्यहोरेरै ताप्लेजुङको पाथिभरा देवीको दर्शनमा पुग्छन् । मोटरबाटोको कठिन यात्रासँगै ४ घण्टाभन्दा पनि बढि समय पैदलयात्रा गरेर तिर्थालु पर्यटकहरु पाथिभरा मन्दिरको दर्शनमा पुग्ने गर्दछन् ।

त्यसै क्षेत्रको पर्यटनको प्रबद्र्धनमा हरतरहले खटिएको मेची पहाडी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिले नेपाल र भारतका पत्रकारहरुलाई इलाम, पाँचथर र ताप्लेजुङको अध्ययन भ्रमणको अवसरकाक्रममा पूर्वी नेपालकै प्रसिद्ध धार्मिकस्थल ताप्लेजुङको पाथिभरा दर्शनका अवसरको प्रसङग हो यो ।

समुद्री सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाईमा अवस्थित यो मन्दिर रहेको क्षेत्र धार्मिक महत्वका साथै जैविक बिबिधता, प्राकृतिक सुन्दरता र रमणियताका दृष्टिले समेत उत्कृष्ट स्थान हो ।

अन्नले भरिएको पाथिको आकृतिमा देखिने शिखरमा मन्दिर रहेकाले यो स्थानलाई पाथिभरा नामले पुकारीएको भन्ने त्यहाँको लोकोक्ति रहेछ ।

त्यहि पाथिभराबाट नेपालका धेरै हिमश्रृंखला तथा सिक्किम, दार्जिलिङ लगायत भारतका विभिन्न क्षेत्रहरुको दृष्यावलोकन गर्न सकिन्छ भनेर हामीलाई स्थानीयले बताए ।

विश्वकै तेस्रो अग्लो र नेपालको दोस्रो अग्लो हिमाल अवस्थित कञ्चनजंघा हिमश्रृंखलालाई आफ्नै सामुन्ने भएझैं गरी नजिकबाट दृष्यावलोकन गर्न सकिन्छ, भनेर स्थानीयहरु भन्दै थिए ।

Jharana thapa pathibhara 21

हामी पुगेको दिन बादल लागेको र पानी परिरहेकाले हामीले ती सबै दृष्यावलोकन गर्न त सकेनौं । तापनि अर्काे एक रमाइलो संयोग जुर्यो ।
चर्चित नायिका झरना थापा स–परिवार त्रिशुल–घण्टी लिएर धुप दिपका साथ पाथिभरा माताको पूजा, आराधना, दर्शन गर्दै थिईन् ।
उनी ध्यानमग्न अवस्थामै थिईन् ।

Jharana thapa pathibhara Jharana thapa pathibhara 3 Jharana thapa pathibhara 2 Jharana thapa pathibhara 5 Jharana thapa pathibhara 6 Jharana thapa pathibhara 4 Jharana thapa pathibhara 16 Jharana thapa pathibhara 17

पानी परिरहेको थियो । पूजाआजा सक्नासाथ नायिका झरना थापा माता पाथिभराको मन्दिर परिसरमै सेल्फी लिन थालिन् ।

Jharana thapa pathibhara 13 Jharana thapa pathibhara 9 Jharana thapa pathibhara 14 Jharana thapa pathibhara 18 Jharana thapa pathibhara 19

पूजाआजा सकियो, उनी हातमा जुत्ता बोकेर बाहिरिईन् ।

Jharana thapa pathibhara 20

 

 

 

जुत्ता लगाइसकेपछि हात धोएर उनी परिसरबाट बाहिरिँदै गर्दा हातमा सेतो प्लाष्टिकको पोको निकालिन् । बायाँ हातले वर्षातमा पानी पर्दा गाउँ घरमा मेलापात जाँदा (काम गर्दा) ओढ्ने प्लाष्टिक (पानी कागत) च्यापिरहेकी थिईन् ।

Jharana thapa pathibhara 32 Jharana thapa pathibhara 23 Jharana thapa pathibhara 21 Jharana thapa pathibhara 22

यसैबेला नायिका थापासँग छोटो संवाद पनि गरियो ।

म उनको अगाडि पुग्दा नपुग्दै नायिका थापाले भनिन् मकै खानुहुन्छ ? अनि बल्ल थाहा भयो, हातमा रहेको सेतो प्लाष्टिकको पोका भुटेको मकै झिक्दै कर्याम कर्याम चपाउँदै रहिछन् ।

मैले धन्यवाद भन्दै उनको हातबाट ३/४ दाना मकै लिएँ र कुराकानीको क्रम शुरु भयो ।
सर्वप्रथम तपाईको परिचय दिनुस् न, तपाई आफैंले ।

यसो भन्दा झरना थापा साह्रै खुशी भईन र हल्का लजाउँदै, हाँस्दै (हा हा हा हा…ल अ्अ्अ्…) भनिन्
नमस्ते, म झरना थापा, आज म यहाँ ताप्लेजुङको पाथिभरा मन्दिरमा छु एकदमै खुसी लागिरहेको छ । यस्तो प्रख्यात आफ्नो देवी माताको मन्दिरमा आईपुगेको छु, त्यै हो हे हे हे हे….।

मैले उनलाई फेरी सोधें तपाई यहाँ उपस्थित भइरहँदा यो कस्तो तिर्थस्थल हो जस्तो लाग्यो त ?
उनले मुस्कुराउँदै जवाफ दिईन्,
खास भन्नुपर्दा म भेडिगोठ भन्ने चलचित्र सुटिङका लागि पहिला आएको थिए यहाँ हैन !
झण्डै झण्डै ५/६ वर्ष अगाडि ।

यो भन्दा अगाडि नै ?

हजुर, त्यतिबेला चाँहि मैले सोचेको थिईन कि यति धेरै यो मन्दिरको यो ठाउँको महत्व छ भनेर, खाली सुटिङ ताप्लेजुङ जाने भन्नुभयो उहाँहरुले ल भनेर आएको । ताप्लेजुङ पछि यहाँ जाने भनेर यता ल्याउनुभयो । मलाई थाहा थिएन, एक्कासी म यहाँ आउँदा त माताको यति महत्वपूर्ण धार्मिकस्थल, म आफुले आफुलाई एकदमै भाग्यमानी ठानें, हैन !! कस्तो प्राउड फिल भयो क्या !

त्यहिबेला परिवार लिएर आउन पाउँ भन्याथेँ । आइपुगें परिवारसँग, हजुर । उनी मज्जैले हाँसिन् ।

Jharana thapa pathibhara 27

के वरदान माग्नु भयो ?

झरनाले भनिन् सबैले वस्तै सुख शान्ति, सम्बृद्धी मागेँ । उनी सपरिवर (चलचित्र निर्माता सुनिलकुमार र छोरी सुवानी थापा) अन्य आफन्तलाई साथ लिएर पुगेकी रहिछन् ।

Jharana thapa pathibhara 10 Jharana thapa pathibhara 8

मैले उनलाई धन्यवाद भन्न भ्याउँदा नभ्याउँदै हामीसँगै पूर्वी नेपालको पर्यटकीय गन्तव्यको अध्ययन भ्रमणमा रहेका हाम्रो समूहका अन्य साथीहरुलाई झरनाले हाँस्दै भनिन्, तपाईलाई दिए मकै …?

साथीहरुले, छैन भने । छैन भनेपछि उनले हाँस्दै सेतो प्लाष्टिकबाट मकै निकाल्दै सबैलाई भुटेको मकै दिईन् । र भन्दै थिईन्, २÷४ वटा दाना भएपनि सबै मिलेर खाउँ न ।

Jharana thapa pathibhara 27 Jharana thapa pathibhara 34 Jharana thapa pathibhara 30

अनि हामीले मकै चाँहि उतैबाट ल्याउनुभएको हो भनेर सोध्यौंं ?

हैन, हैन, हामीलाई पनि यहिँ कसैले दिएको भनेर उनको प्रतिउत्तर आयो ।
खासगरी भुटेको मकै उकालो चढ्दै गर्दा लेक लाग्न सक्छ भनेर शरीरलाई चाहिने शक्ती र चलायमान गराउन प्रायः तिर्थालुले बाटोमा खरिद गर्छन् । पाथिभरा जाने बाटोमा भएका अधिकांश पसलमा भुटेको मकै पाइँदो रहेछ ।

त्यहिबीच पूर्वी नेपालको पर्यटकीय गन्तव्यको प्रबद्र्धनका निम्ती भारतबाट आएका पत्रकारहरुको हाम्रो समूहलाई पनि मकै बाँड्दै झरनाले भनिन्, हो गया दर्शन आपका…?

 

सिमसिम पानी परिरहेको थियो उनले काखीमा च्यापेको निलो रंगको प्लाष्टिक ओढिन् । पटक–पटक नमस्ते ! मकै लिनुस् भनेर झरनाले त्यहाँ उपस्थित सबैलाई भुटेको मकै चखाईन् ।

Jharana thapa pathibhara 28 Jharana thapa pathibhara 31

झरना झैं झर्दै आउ…..भन्ने गीतजस्तै झरनासँगै हामी झर्यौं ।

मुसलधारे पानीमा पाथिभराबाट ओरालो झर्दा झरना थापाले ओढेको प्लाष्टिक नै त्यो झरिमा बेला बेला ओत लाग्ने साधन बनेको थियो ।

शब्द : हरिशरण न्यौपाने, तस्विर : रामेश्वर कार्की / ताप्लेजुङ (पाथीभरा)

वि.सं.२०७३ असार १८ शनिवार १६:१६ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...