back
NMB ad

तपाई जागीरको खोजीमा हुनुहुन्छ,९ वित्तीय संस्थामा रोजगारीको अवसर !

Kumari bank ad

काठकाडौ । वित्तीय संघ संस्थामा काम गरेर करिअर बनाउने सोचमा हुनुहुन्छ । हुनुहुन्छ भने छिटो गर्नुहोस् । यतिबेला ९ वटा वित्तीय संस्थाले ठूलो संख्यामा कर्मचारी माग गरिरहेका छन् । दुई वटा वाणिज्य बैंक, दुई वटा विकास बैंक, एक वटा फाइनान्स कम्पनी, तीन वटा माइक्रोफाइनान्स कम्पनी र एक वटा इन्स्योरेन्स कम्पनी गरेर दुई सयको हाराहारीमा कर्मचारी माग गरिएको हो ।

सानिमा बैंक
सानिमा बैंकले अफिसर र एसिस्टेन्ट तहका विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले रिलेसनसिप मेनेजर, ब्रान्च मेनेजर, ब्रान्च अपरेसन इन्चार्ज, लिगल अफिसर, रिलेसनसिप अफिसर र ब्रान्च असिस्टेन्ट माग गरेको हो । अफिसर तहका रिलेसनसिप मेनेजर कर्जा डिपार्टका लागि दुई जना र निक्षेप व्यवस्थापन डिपार्टका लागि एक जना माग गरिएको छ । कर्जा डिपार्टका लागि एसिस्टेन्ट तहमा रहेर काम गर्ने रिलेशनसिप मेनेजर माग गरिएको छ । विभिन्न शाखाहरुका लागि एसिस्टेन्ट माग गरिएको छ भने बैंकासुरेन्सका लागि एसिस्टेन्ट तहमा रहेर काम गर्ने रिलेसनसिप अफिसर माग गरिएको छ । आवेदन दिने मिति ४ नोभेम्बर अर्थात कात्तिक १९ गतेसम्म रहेको छ ।

नविल बैंक
नविल बैंकले ११० जना कर्मचारीको दरखास्त आह्वान गरेको छ । बैंकले १०० जना ट्रेनी एसिस्टेन्ट र १० जना म्यानेजमेन्ट ट्रेनी माग गरेको हो । इच्छुक तथा बैंकले तोकेअनुसार योग्यता पुगेका फ्रेस उम्मेदवारले कात्तिक १९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

सेवा विकास बैंक
बुटवलमा केन्द्रिय कार्यालय रहेको सेवा विकास बैंकले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले अफिसर, एसिस्टेन्ट र पिउन पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक, योग्यता पुगेका, कम्प्युटरसम्बन्धि ज्ञान भएको र अग्रेजी तथा नेपाली भाषा (लिखित र मौखिक)मा पोख्त नेपाली नागरिकलाई ७ नोभेम्बर अर्थात कात्तिक २२ गतेसम्ममा वायोडाटा, पासपोर्ट साइजको फोटो, सबै शैक्षिक प्रमाणपत्र र निवेदन सहित कम्पनीको प्रधान कार्यालयमा सम्पर्क गर्न आह्वान गरिएको छ ।

महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंकले १८ जना कर्मचारी माग गरेको छ । बैंकले ८ जना सुपरभाइजर र १० जना अफिसर माग गरेको हो । पुमोरी सफ्टवेर सम्बन्धि व्यवहारिक ज्ञान भएको, राम्रो कम्युनिकेसन स्किल भएको, अग्रेजी र नेपाली भाषा लेखनका साथै बोलाईमा पनि पोख्त उम्मेदवारले ७ नोभेम्बर अर्थात कात्तिक २२ गतेभित्रमा निवेदन, वायोडाटा र हालसालै खिचेको पासपोर्ट साइजको फोटो पठाउनुपर्नेछ ।

सृजना फाइनान्स लिमिटेड
सृजना फाइनान्स लिमिटेडमा ब्रान्च मेनेजर, रिलेसनसिप अफिसर, जुनियर एसिस्टेन्ट ९अपरेसन० र ट्रेनी एसिस्टेन्ट पदका लागि जागीर खुलेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सृजना फाइनान्सको प्रधान कार्यालय, विराटनगरको मानव संशाधन विभागमा सम्पर्क गर्नुपर्नेछ । आवेदन बुझाउने समय १७ नोभेम्बर अर्थात मंसिर २ गतेसम्म रहेको छ ।

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । ललितपूरको कुपण्डोलमा कार्यालय रहेको राष्ट्रियस्तरको माइक्रोफाइनान्सले अनुगमन अधिकृत र शाखा प्रबन्धक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा कम्पनीले तोकेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले कात्तिक २६ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।

वोमी माइक्रोफाइनान्स
धादिङको खानीखोलामा केन्द्रीय कार्यालय रहेको वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्नो शाखा विस्तारका लागी प्रशिक्षार्थी सहायक देखी कनिष्ठ अधिकृत सम्मका पदका लागी आवेदन खुला गरेको छ । इच्छुक उम्मेदवारले कात्तिक १९ गते भित्र संस्थाको वेभसाइटबाट आवेदन फारम डाउनलोड गरी फारम भरेर पठाउनुपर्नेछ ।

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड
सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । स्याङ्जामा केन्द्रिय कार्यालय रहेको लघुवित्तले ५ जना वरिष्ठ सहायक (शाखा प्रमुख) माग गरेको हो । उक्त पदका लागि छनौट हुने उम्मेदवारलाई एक वर्षको परीक्षण कार्यकालपछि स्थायि रुपमा नियुक्त गरिने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आगामी कात्तिक २५ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले फाइनान्स डिपार्टमेन्टको लागि एसिस्टेन्ट माग गरेको छ । स्नातक उतीर्ण २८ वर्षभन्दा कम उमेरका नेपाली नागरिकले कात्तिक २२ गतेभित्रमा कम्पनीमा सम्पर्क गर्न सक्नेछन् ।

प्रकाशित मितिः २०७३ कार्तिक १७

वि.सं.२०७३ कात्तिक १७ बुधवार १७:०३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...