back
NMB ad

तपाईलाई जागिर चाहियो ? त्यसोभए भृकुटीमण्डप जानुस् !

Kumari bank ad

काठमाडौ। बेरोजगार युवालाई रोजगारको अवसर जुटाउने उद्देश्यले ‘जव् एण्ड करिअर फेयर’ (जागिर र अवसर मेला) हुँदैछ । यही शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने मेलामा रोजगारदाता र बेरोजगार युवाबीच सिधै सम्पर्क गराई जागिरको अवसर दिलाउनका लागि फेयर आयोजना गर्न लागेको फेयरका कार्यक्रम संयोजक शंकर भट्टराईले जानकारी दिए ।

उनले एउटै छानामुनि जागिरको अवसर जुटाउनका लागि फेयर गर्न थालेको बताए । ‘बेरोजगार युवा रोजगारीका लागि कतै भौँतारिन नपरोस् भन्नका लागि हामीले एउटै छानामुनि कम्पनीलाई आवश्यक कर्मचारी उपलब्ध गराउने भएका हौं’ उनले भने, ‘फेयरमा युवाले कम्पनीमा रोजगारका लागि निवेदन दिन्छन् र कम्पनीले योग्यलाई छनोट गरेर जागिर दिन्छन् ।’

प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा हुने फेयरमा नेपालका १८ र भारतका दुई कम्पनीले सिधै रोजगारको अवसर दिनेछन् । ती कम्पनीले आफूलाई आवश्यक जनशक्ति फेयरबाट नै छनोट गर्ने भट्टराईले बताए ।

उनका अनुसार नेपालका सिप्रदी, क्लासिटेक, विरला टायर, सुविसु, डिसहोमलगायत र भारतका रिलायन्स, जिओ मोबाइल कम्पनी र रिलायन्स होटल सहभागी हुनेछन् ।

फेयरमा युवाले आफ्नो व्यक्तिगत विवरण ती कम्पनीलाई बुझाउनेछन् र ती कम्पनीले मेलाबाटै अन्तर्वार्ता लिएर योग्य कर्मचारी छान्नेछन् । अधिकारी क्रियटिभ कन्सर्नको आयोजनामा फेयरमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।रासस

प्रकाशित मितिः २०७४ साउन २६

वि.सं.२०७४ साउन २६ बिहीवार ०९:४५ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...