back
NMB ad

नेपाली चेली जोलीलाइ ‘च्यामपिएन अफ चेन्ज’ सम्मान

Kumari bank ad

न्यूयोर्क । संयुक्त राष्ट्र संघको युवा सम्मेलनकी युवा अध्यक्ष नेपाली चेली जोली अमात्य न्यूयोर्कमा सम्मानित भएकी छिन् ।

उनी युएन वुमेन युएस राष्ट्रिय समितिको ३० औ वार्षिक उत्सवमा विविध कार्यक्रमको आयोजना तथा बिबिध प्रकारले मनाउने क्रममा सम्मानित भएकी हुन् । उनीसँगै अन्य दुर्इ विदेशी महिला पनि सम्मानित भएका थिए ।

यूएन महिलाहरुको लागि युएन राष्ट्रिय समितिले उनलाई “च्यामपिएन अफ चेन्ज ” द्वारा सम्मानित गरेको छ । “परिवर्तनको बिजेता ; विश्व भरका महिलालाई समर्थन गरौ ” भन्ने मूल नारा रहेको उक्त कार्यक्रम न्यूयोर्कको महानगर शाखाले आयोजना गरेको स्वागत समारोहमा अमात्य सम्मानित भएकी हुन् ।

२७ वर्षीय जोली अमात्य नेपालकी एक युवा व्यवसायिक हुन्। संयुक्त राष्ट्रसंघको युवा सभाको अध्यक्षता गरेकी छिन् । न्यूयोर्क स्थित सयुक्त राष्ट्र संघ प्रधान कार्यालय हुने अर्ध(वार्षिक युवा सम्मेलन जसले संवादको प्रोत्साहन गर्न र असाधारण युवाहरुको बीच साझेदारीको लागि एक अद्वितीय मंच प्रदान गर्दछ। उक्त सम्मेलनमा उनले नेतृत्व प्रदान गरि सकेकी छिन् ।joli 2

उक्त समारोहमा सयुक्त ग्लोबल वेलनेस संस्था तथा ग्लोबल वेलनेस समिट कि अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सुसि एलिस ,कर्नरस्टोन क्यापिटल कि संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एरिका कार्प सहित सयुक्त राष्ट्र संघ कि युवा सम्मेलनकि युवा अध्यक्ष जोली अमात्य सम्मानित भएका हुन् ।

बालबालिका र युवाहरूको संयुक्त राष्ट्र मुख्य समूह (यूएन एमजीसीवाई) र संयुक्त राष्ट्र अन्तर सञ्जाल युवा विकास ,लिङ्ग समानताका कार्यकारी समूहको सक्रिय सदस्य पनि छिन् । उनी थुप्रै अन्तरराष्ट्रिय संघ –संस्था तथा सयुक्त राष्ट्र संघ संघ आबद्ध छिन् ।

प्रकाशित मितिः २०७४ कार्तिक १०

वि.सं.२०७४ कात्तिक १० शुक्रवार ०९:५३ मा प्रकाशित

You can share this post!

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:५०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:३८

कास्की, ६ वैशाख : पोखरामा आज बिहान भएको दुर्घटनामा परी...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगाा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...