back
NMB ad

भुरे राजाहरुले राजकाज गरेको ऐतिहासिक जुरे गुफा संरक्षणको पर्खाइमा

Kumari bank ad

पाल्पा । भुरे राजाहरुले राजकाज गरेको ऐतिहासिक जुरे गुफा संरक्षणको पर्खाइमा रहेको छ । पौराणिक कालमा भुरे राजाहरुले आफ्ना सेनासहित राजकाज गरेको जुरे गुफा भौगोलिक, प्राकृतिक र पर्यटकीय क्षेत्रले भरिपूर्ण छ । सहलकोट गाविस–७ घागीमा रहेको उक्त गुफाको संरक्षणमा कसैले ध्यान नदिँदा ओझेलमा परेको छ ।

माछापुच्छे र धौलागिरि हिमाल, रामपुर उपत्यका, स्याङ्जा, तनहुँ, कास्की, लमजुङ, नवलपरासीलगायतका विभिन्न स्थानको एकैनजरमा अवलोकन गर्न सकिने ऐतिहासिक पर्यटकीय क्षेत्र जुरेगुफा विकास पूर्वाधारको अभावमा ओझेलमा परेको हो ।

विसं २०३८ मा सो क्षेत्रका बासिन्दाले चमेरा मार्न जङ्गलमा जाँदा गुफा फेला पारेका कथन छ । गुफाभित्र नाग, भगवान्का विभिन्न आकृति, तरबारजस्तो आकृति, केराको खाप, गाईका थुनको आकृति देखिन्छ । दुई तलामा रहेको सो गुफाको माथिल्लो तला १० मिटर र तल्लो तला करिब ६० मिटर लामो रहेको छ ।

सहलकोटको उच्च भेगमा वनभित्र रहेको उक्त गुफामा पौराणिक समयमा भुरे राजाहरुले बसोबास गरी आफ्ना विपक्षीसँग यहाँबाट लडार्इं लडेको स्थानीयवासी बताउँछन् । यहाँबाट लुकेर झिरुवासको काउँलेडाँडा, मुहरियाडाँडा, नवलपरासीको हुक्सेकोटको थुम्काडाँडामा रहेका विपक्षीसँग लडेको इतिहास छ । अझै पनि गुफा आसपासका परिसरमा गोलीका अवशेष रहेका स्थानीयवासी गनबहादुर विक बताउँछन् ।

“गुफा संरक्षणमा अहिलेसम्म कुनै पनि निकायबाट सहयोग प्राप्त हुन सकेको छैन,” उनले भने । गुफासम्म पुग्ने गोरेटो बाटो सामुदायिक वनका उपभोक्ता र स्थानीयवासीले निर्माण गरेपछि पछिल्लो समय अवलोकन गर्न आउने पर्यटकलाई सहज भएको छ ।

रामपुर नगरपालिकाको केन्द्रबाट सवारी साधनमार्फत करिब दुई घन्टामा गुफा पुगिन्छ । सहलकोटको जुरेबाट गुफा पुग्न १५ मिनेटको उकालो चढ्नु पर्छ । यहाँ मासिक करिब तीन सयको हाराहारीमा पर्यटक भित्रने गरेका वन समूहका अध्यक्ष रामबहादुर सारु बताउँछन् । “आर्थिक अभावका कारण गुफाको संरक्षण हुन सकेको छैन,” उनले भने ।

भौतिक पूर्वाधार विकास र विस्तार गर्न सकेको खण्डमा गुफालाई मुलुककै पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनाउन सकिन्छ । गुफा नजिकै घागी पोखरी रहेको छ । उक्त पोखरी संरक्षणको अभावमा खण्डहरमा परिणत भएको छ । भुरे राजाहरुले जुरे गुफामा बसोबास गरेका बखत नुहाउने गरेको सो पोखरीको संरक्षण हुन सकेको छैन । प्रशस्त पानी रहने उक्त पोखरीमा २०६० साल यता पानी सुक्दै गएको छ । करिब एक सय मिटर क्षेत्रफलमा फैलिएको उक्त पोखरीको अस्तित्व सङ्कटमा परेको छ ।

४ चैत २०७३, रासस, १।००

वि.सं.२०७३ चैत ४ शुक्रवार १४:१४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...