back
NMB ad

कुन कम्पनीको सेयर किन्ने तपाई ? करिब एक करोड कित्ता सेयर बजारमा आयो

Kumari bank ad

काठमाण्डौं । आज बिहीबार मात्र नेपाल स्टक एक्सचेञ्जमा कुल सात कम्पनीको एक करोड छ लाख ३५ हजार तीन सय दशमलव ४४ कित्ता कारोबारका लागि नेप्सेमा सुचिकृत भएको छ । नेप्सेमा दुई कम्पनीको हकप्रद तथा बोनस र चार कम्पनीको बोनस तथा एक्विजिशनमा गएको एक कम्पनीको सेयर सुचिकृत भएको हो ।

यसरी सेयर सुचिकृत गराउनेमा मुक्तिनाथ विकास बैंक र सहारा विकास बैंकले बोनस तथा हकप्रद गरी दुवै किसिमका सेयर सुचिकृत गराएका छन् । मुक्तिनाथ विकास बैंकको २८ लाख ५० हजार ६ सय ७१ दशमलव ३५ कित्ता बोनस सेयर र ४१ लाख ९२ हजार १ सय ६३ दशमलव ७५ कित्ता हकप्रद सेयर सुचिकृत भएको हो ।

यसैगरी सहारा विकास बैंकको ३ लाख ५४ हजार कित्ता हकप्रद सेयर र ८२ हजार ६ सय कित्ता बोनस सेयर सुचिकृत भएकोछ । मिर्मिरे माइक्रोफाइनान्सको १ लाख कित्ता बोनस सेयर सुचिकृत भएकोछ भने एभरेष्ट फाइनान्सको पनि १ लाख ९९ हजार ४ सय ३ कित्ता बोनस सेयर सुचिकृत भएकोछ । यसैगरी बोनस सेयर सूचिकृत गर्ने अर्को कम्पनीमा लुम्बिनी जनरल इन्स्योरेन्स रहेकोछ । यसले ६ लाख कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत गराएकोछ ।

त्यस्तै, मेगासँग मर्जमा गएको टुरिजम डेभलपमेण्ट बैंकले मर्जमा जानु अघि मातृभूमी विकास बैंक र कालिञ्चोक डेभलपमेण्ट बैंकलाई खरिद गरेको थियो । खरिद गरिएका दुई संस्थाको सेयर टुरिजमको नाममा १३ लाख २८ हजार २ सय ७२ कित्ता सेयर नेप्सेमा सुचिकृत भएको छ । यस्तै, अरनिको डेभलपमेण्ट बैंकले भने ९ लाख २८ हजार १ सय ९० दशमलव ३४ हकप्रद सेयर नेप्सेमा आज सुचिकृत गराएकोछ ।

१२ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन १२ बिहीवार ११:२१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...