काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा आज बिहीबार तीन कम्पनीका दुई करोडभन्दा बढी कित्ता सेयर सुचिकृत भएका छन् । यसरी सेयर सुचिकृत गर्ने कम्पनीहरुमा कृषि विकास बैंक, हाम्रो विकास बैंक, कन्ट्री डेभलपमेन्ट बैंक रहेका छन् ।
जसमध्ये सबैभन्दा बढि कृषि विकास बैंकले एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर सुचिकृत गरेकोछ । त्यस्तै, कम कन्ट्री डेभलपमेन्ट बैंकको तीन लाख एक हजार छ सय चार कित्ता बोनस सेयर सूचिकृत गरेकोछ । यसैगरी हाम्रो विकास बैंकले पनि बोनस सेयर नै सूचिकृत गरेकोछ । बैंकले ३ लाख ५ हजार ८ सय ३३ दशमलव ८७५ कित्ता सेयर सूचिकृत गरेकोछ ।
यसका साथै कन्काई विकास बैंकको सेयर अनुपात ५१:४९ बनाउनका लागि दुई लाख ८१ हजार पाँच सय ९४.६२ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरेको छ ।
३ चैत २०७३, ११।००
वि.सं.२०७३ चैत ३ बिहीवार १२:३४ मा प्रकाशित