back
NMB ad

काबुलमा शक्तिशाली बम विस्फोटः ८० को मृत्यु,५ नेपाली घाईते !

Kumari bank ad

अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा ८० जनाको ज्यान गएको छ । घटनामा तीन सय ५० जना भन्दा धेरै घाइते भएको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

काबुलको जानबाक स्क्वायर नजिक रहेको जर्मन दूतावास नजिक शक्तिशाली सवारी बम विस्फोट भएको हो । घटनामा ज्यान गुमाउने तथा घाइते हुने धेरैजसो सर्वसाधारण नागरिक रहेका छन् । विस्फोट निकै शक्तिशाली रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

विष्फोटमा ५ जना नेपाली घाइते भएका छन् । विष्फोटमा ४ जना नेपालीलाई सामान्य र १ जनालाई अलि बढी चोट लागेको पुष्टी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्थानीय समय अनुसार बुधबार बिहान ८ बजेर २५ मिनेट जाँदा विस्फोट भएको हो । त्यसबेला बजार निकै व्यस्त थियो । अहिले पनि उद्धार तथा राहतको काम भइरहेको छ । ज्यान गुमाउनेको संख्या बढ्न सक्ने जनाइएको छ ।

प्रकाशित मितिः २०७४ जेठ १७

वि.सं.२०७४ जेठ १७ बुधवार १८:१७ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...