back
NMB ad

काबुलमा ज्यान गुमाएका सुरक्षागार्डको परिवारलाई १० लाख क्षतिपूर्ति दिइने !

Kumari bank ad

काठमाण्डौं । सरकारले अफगानिस्तानको काबुलमा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका नेपाली सुरक्षागार्डको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने तयारी गरेको छ । यसका साथै, त्यहाँ रहेर काम गरिरहेका नेपालीहरु फर्किन चाहेमा उनीहरुलाई उद्दार गरिने पनि बताएकोछ ।

काबुलमा मारिएकाको शव लिन गएको चार्टर विमान मै बुधबार २४ नेपाली कामदार पनि स्वदेश फर्किएका थिए । काबुल घटनामा ज्यान गुमाएका सबैका परिवारप्रति सरकार संदेशनशील रहेको भन्दै सरकारले घटनामा मारिएका कामदार अवैधानिक भएपनि बीमाबापतको १० लाख रुपैयाँ क्षतिपूर्ति दिइनेछ । यसका लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले विशेष निर्णय गरेर मन्त्रिपरिषद्ले अनुमोदन गर्नु पर्नेहुन्छ ।

सोमबार काबुलमा भएको आतंकवादी आक्रमणमा १३ नेपालीको मृत्यु भएको छ । १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एकको उपचारका क्रममा बुधबार निधन भएको छ । घटनामा घाइते भएका पाँच जनाको भारतमा र एकको अफगानिस्तानकै अस्पतालमा उपचार भइरहेको छ ।
९ असार २०७३, ३।००

वि.सं.२०७३ असार ९ बिहीवार १५:३७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...