back
NMB ad

आफ्नो अमुल्य मतको सदुपयोग गरौँ

Kumari bank ad
  • हामी आज नबिनतम सोचका साथ राज्यलाई पारदर्शी भ्रष्टाचारमुक्त समाजको निर्माण, दिगो बिकास, स्वाधीन र आत्मनिर्भर, बेरोजगार समस्यको हल गर्न सक्ने स्थायी सरकारको खोजिमा छौ।

 

  • कला पन्थ, इटाली

मानिस एक चेतनशिल सामाजिक प्राणी हो त्यसैले उ आफू जन्मेको समाज र रास्ट्रबाट अलग रहन सक्दैन । त्यसकारण हामी हाम्रो राज्यप्रतिको दायित्वबाट पृथक रहन सक्दैनौं र रहनु पनि हुदैन । हामी नेपालिहरु यतिबेला रास्ट्र निर्माणको सबालमा जनउत्तरदायि र संविधान कार्यन्वानका लागि स्थायी सरकारको प्रतीक्षामा छौ । नेपाली जनताहरुको संघर्स ,त्याग र बलिदानबाट नेपालले संघिय गणतान्त्रिक राज्य स्थापन गर्न सक्षम भएको छ र सिङ्गो नेपाल केन्द्रिय र संघिय सरकार निर्माण गर्नाको लागि चुनावमा होमिएको छ।

राज्यले यतिबेला पुरातन सोच र प्रणालीलाई खारेजगरि नबिनतम बैज्ञानिक सोचका साथ राज्यको सम्पुर्ण संन्यन्त्रहरुलाइ संस्थागत र संविधानको कार्यन्वन गर्ने पार्टी वा जनप्रतिनिधि खोजिराखेको छ । कागज र संविधानमा जे लेखिएपनि पुरानो सोच र मान्यतालाई प्रतिस्थापन गर्न नसके यी दस्तावेजमा मात्र सिमित हुन्छ्न । भनिन्छ कुनै पनि ब्यबस्था वा प्रणाली आफैमा नराम्रो होइन तर यसको प्रयोग कसरी हुन्छ र गर्ने भन्ने महत्त्वपूर्ण रहन्छ । यसै सन्धर्बमा हामी आज नबिनतम सोचका साथ राज्यलाई पारदर्शी भ्रष्टाचारमुक्त समाजको निर्माण,दिगो बिकास ,स्वाधीन र आत्मनिर्भर ,बेरोजगार समस्यको हल गर्न सक्ने स्थायी सरकारको खोजिमा छौ।

हामीले अगाडिको निर्वाचनबाट पाठसिक्नु जरुरी छ । हामीले मत दिएर पठायका नेताहरुको जिबनसैलिमा असाधारण परिवर्तन ,कर्मचारीतन्त्रमा ढिलासुस्ती ,ब्यापक भ्रष्टाचार समाजमा अजै पनि चेलीबेटी बेच्बिखन,बलात्कार ,हत्याहिंसाको निराकरण नहुनु । हाम्रो जीवनशैली पुरानो अवस्थाबाट पनि अज गरीबीमा झर्नु ,सरकार संचालन गर्ने विभिन्न सरकारका राज्य सन्यन्त्रमा कार्यरत कर्मचारीहरुको जिबनशैली रातारात नबधनाढया बर्गमा परिवर्तन हुनु सामन्य जनता गरीबीको मारमा परिरहनु,महगीले जनताहरुलाइ तहस नहस बनाउदैजादा हामी आफैले नबसामन्तबादको जगेर्ना त गरिराखेका छैनौ ?? यहि प्रश्नहरुलाइ आत्मसात गरि सिङ्गो राज्यलाइ सोच बिचार र जनताका आबस्यकताहरु बुज्नसक्ने,जनतप्रती उत्तरदायी र नेतृत्व गर्न सक्ने इमान्दार जनप्रतिनिधि चयन गर्नु आजको आबस्यकता हो ।

नेपाली समाज प्रत्येक दिन अस्थिरताको भुमरीमा मडारिएको छ । देशको मेरुदण्ड भनेको युबाशक्ती हो यति हुंदाहुंदै पनि पारिवारिक, सामाजिक, आर्थिक र राजनीतिक समस्याबाट पीडित बनाएर युबाहरुलाइ खाडि मुलुक लखेट्ने काम जारी छ । गरिबिको कारण औषधि उपचारबाट जनताहरु बन्चित छन् तर नेताहरु भने अलिकती बिसन्चो हुंदापनी राज्यको ढुकुटी रित्तायर उपचार गर्न बिदेश धाउने क्रम जारी छ । सामाजिक असुरक्षा बढदो छ । राज्यको विभिन्न लाभ प्राप्त गर्ने ठाउंमा नेता वा उपल्लोतहका अधिकारिहरुको आसपासका मान्छेले मात्र अबसरलिएका छन् भने क्षेमतावान ब्याक्तीहरु पछिपरिराखेका छ्न । नातावाद्को हाबी छ । सबै सरकारी संयन्त्रहरु अस्थब्यास्था छ्न। बेथिति छ । शिक्षा क्षेत्र त्यस्तै अन्योलमा छ । १७ बर्ष शिक्षाआयोग नखुलेर एउटा पुस्तानै अनिर्णयको बन्दिमा रहनु पर्यो । सडक दुर्घटना बढदो छ । ठेकदार,कर्मचारी र नेताहरुबिच घुसखोरीतन्त्रको जालो फिजियको छ। तोकिएको मापदण्ड अनुरुप कामहरु भएका छैनन् । भएका कामहरु पनि ढिलासुस्ती छ । सडकको स्तरउन्न्तीकरण नहुंदा प्रत्येक दिन दुर्घटना भएर जनताले अकालमा ज्यान गुमाएका छ्न । भ्रष्टाचार बढदो छ । जहाँ आम सर्बसाधरणले कल्पनानै गर्न नसक्ने आर्थिक चलखेल ब्याप्त छ । कानुनी राज्यको उपाहास भैरहेको छ । यी सबै समाजमा जरो गाडीएका कुतन्त्रलाइ जरैबाट हटाउन असल जनप्रेमि नेता र देशभक्त पार्टीको आबस्कता छ । यस्को मतलब नेता मात्र राम्रो तर पार्टी खराब अनि पार्टी मात्र राम्रो नेता खराब हुनु भन्ने होइन । रास्ट्रनिर्माणका लागि स्पष्ट भिजन, इच्छा शक्ति, दुरदर्शि र समाज रुपान्तरणको स्पष्ट मार्गदर्शन गर्न सक्ने पार्टी र नेताहरु आजको राष्ट्रको माग हो। गरे के हुन्न र !!! धुर्मुस, सुन्तली, रबि लामिछाने, गोबिन्द के सि, लक्ष्मी प्रतिष्ठान मानबसेबा त्यति मात्रै नभएर दिनरात नभनी सामाजिक सेबामा लागिरहनु भएका सामजिकअभियान्तहरु नेपाली समाजका उदाहरणीय पात्रहरुहुन ।

साच्चै भन्ने हो भने रबि लामिछाने जस्ता दसजना पात्रहरु रास्ट्र परिवर्तनको लागि अगाडी बढ्ने हो भने केही समयमानै राज्यले शुसासन र बिकाशको फड्को मार्न सक्छ। यसकारण जनप्रेमी, देशभक्त ,स्पष्ट भिजन भएको ,नैतिकवान,त्यागी क्षेमतवान जनप्रतिनिधि चयन गर्नु हाम्रो दायित्व हो । हामीहरु कुनै पनि नगद र जिन्सी अथवा कुनै पनि कुराको लोभमा नपरी जनप्रेमी प्रतिनिधि चयन गर्नु हाम्रो दायित्व हो । यदि हामीले बेलैमा हाम्रो बिबेक प्रयोग गरेनौ भने भोलिका सन्ततिले हामीलाइ धिक्कार्ने छ र हाम्रो जिबनसैली झन झन जटिलता तिर धकेलिने छ !

swissnepal.com बाट 

वि.सं.२०७४ मंसिर १ शुक्रवार २१:३६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...