back
NMB ad

बिदेशमा मजदुरी गरेर पाँच तोला घर लाँदा तस्करी देख्ने राज्य, ३३ किलो सुन भित्रिंदा किन मौन ?

Kumari bank ad

संसारभरी नेपाली बहादुर, इमानदारी, सहयोगी अनि दयालु भनेर परिचित भइराखेको बेला ३३ किलो सुन प्रकरणले नेपाललाई बेस्सरी धक्का दियको छ । कुनै यस्ता घटनाहरु हुन्छन् जुन घटनाको बारेमा बोल्दिन लेख्दिन भन्दा पनि आफैँलार्इ त्यो घटनाले भित्र भित्र डसिरहेको हुन्छ ।
म अहिले मेरो प्यारो मातृभुमी भन्दा लगभग ५११६ माइलको दुरिमा छु । नेपालमा सञ्चार जगतमा आउने अधिकांश समाचारहरु अध्ययन गर्ने गर्छु । अध्ययान पछि राम्रो समाचारले खुशी बनाउँछ नराम्रो समाचारले दुःखी बनाउँछ यो त मानविय गुण नै हो ।

हाम्रो देस जहाँ आर्थिक, सामाजिक अनि राजनैतिक अस्थिरताले कयौँ युवाहरुलार्इ दिन दिनै बलजफ्ती बिदेश तिर धकल्दै छ । गरिखाने वातावरण राम्रो होला भन्दा झन झन राजनैतिक अस्थिरता र गरिबी वृद्धि हुँदैछ । कर्णालीका जनता भोको पेट तड्पिराखेका छ्न, दार्चुला, मुगु र बाजुराका जनताले सिटामोल समेत पाउन कठिन छ ।
हरेक राष्ट्र हरेक दिन घुस प्रथा र घुस विरुद्ध लडाइँ लडिरहेको बेला हाम्रो देशमा तस्करी घुस प्रथा बढ्दो छ । जुन घटनाले युवाहरू, जो नेपालमा बसेर केही गर्छु अनि प्रबासी युवाहरू, जो प्रबासमा सिकेका सिपलाइ नेपालमा गएर लगाउँछु भन्ने युवाहरूलाई कस्तो सन्देश जाला येस्ता घटना ले !
साधरण मजदुर जो आफ्नो खुसिहरु बेच्दै बर्सौ बिदेशी भुमिमा मजदुरी गरेर नेपाल फर्कँदा आफन्त र परिवारलार्इ पाँच तोला सुन लाँदा तस्करी करार गर्न । तर ३३ किलो सुन बोकेर ल्याउने तस्करिले ११ पटक सुन तस्कर गरि ३ सय किलो भन्दा बढी अबैध सुन भित्राउँदा राज्य किन मौन बस्छ ?
एयरपोर्टमा कर्मचारीहरु राज्य र मन्त्रीहरूबाट संरक्षित छन । जस्ले तस्करीलाई खादा लगाएर स्वागत गर्द्छ । सामान्य मानिसलार्इ विभिन्न झमेला दिन्छ । जिम्मेवारी के हो ? मानवीयता के हो ? कर्तव्य के हो ? उनीहरु थाह नभए जस्तो गर्छ्न । प्रवेशमा जाँदा लग्ने चाउचाउ र चिउरा उनीहरुले तस्करी सम्झन्छ्न र कन्टेनरमा फाल्दिन्छ्न । नेपाल आउँदा बच्चालाई ल्याएको चक्लेट फुटाउँछ्न् । यो कत्तिको मानवियता हो ?
हुनत यो ३३ किलो सुन प्रकरणमा मिडियहरुले पुर्ब गृहमन्त्री र अर्थ मन्त्रीसम्म मुछिएको दावी गरेका छन । अपेक्षा गरौँ सत्य तथ्य केही समयमा दूधको दूध र पानीको पानी बनेर आउला ! भुपि सेरचनले भने जस्तो यो हल्ला हल्लाको देस नहोला ! अनि पृथ्वीनारायणले भने जस्तो घुस खाने र लिने दुबै देशका सत्रु हुन भनेर प्रमाणित होला ! यदि सहि हो भने उहाँहरुबाट देशको सुनौलो भविष्यको कसरी आस गर्न सकिन्छ ! होइन भने किन मिडियाले कुरा उठायो ? हुनत चोरले म चोर हुँ भन्ने केही अपवाद बाहेक अहिलेसम्मको इतिहास छैन भन्दा पनि हुन्छ ।

२८ पुस २०७३

वि.सं.२०७३ पुस २८ बिहीवार १९:४३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...